काठमाडौं – घुँडा धेरै खिएर बिग्रिदा हिँड्न समस्या हुन्छ । घुँडाकै कारण मानिसको जीवन कष्टकर बन्न पुग्छ । मालिस, ब्यान्डेज लगायतका उपायले केही राहत पुग्नसक्छ, तर त्यो अस्थायी मात्र हुन्छ । त्यसले समस्याबाट पूर्णतः मुक्ति दिन सक्दैन । विभिन्न कारणले देखापर्ने घुँडाको समस्याबाट छुटकारा पाउने उपायको रुपमा नेपालमै घुँडाको प्रत्यारोपण गर्ने सेवा सुरु भएको छ […]