काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक ‘रोबोटिक सर्जरी’ सुरु गरेको छ । केएमसीले आज अस्पताल परिषरमा पत्रकार सम्मेलन आयोजना गरेर नेपालमै पहिलो पटक ‘रोवटिक सर्जरी’ थालिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा केएमसीका कार्यकारी अध्यक्ष डा.सुनिल शर्माले रोबटीक सर्जरी सुरु गरेर केएमसीले नेपालको न्यूरो सर्जरीका क्षेत्रमा नयाँ आयाम थपेको बताए । ‘अत्याधुनिक र भरपर्दो उपचारका लागि नेपालमै पहिलो पटक केएमसीले रोवटिक सर्जरी थालेको छ,’ डा.शर