एजेन्सी। भिडियो प्लेटफर्म युट्यूबले आईफोन र आईप्याड प्रयोगकर्तालाई विषेश फिचर दिएको छ। युट्यूबले एप्पलका प्रयोगकर्तालाई एन्ड्रोइड प्रयोगकर्तालाई भन्दा विशेष सुविधा दिएको हो। युट्युबले दिएको सुविधाअनुसार अब एप्पलका प्रयोगकर्ताले यूट्युब चलाउँदै अरु एप्सको प्रयोगसमेत गर्न पाउनेछन्। यसलाई यूट्युबले ‘पिक्चर इन पिक्चर’ भनेको छ। हाल मोबाइलमा यूट्युब चलाउँदै अन्य एप्सको प्रयोग गर्न मिल्दैन्।