देशभर लगातार वर्षा : नदी तथा खोलामा पानीको सतह बढ्दा तटीय क्षेत्रमा जोखिम

काठमाडौं : मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार रातभरको वर्षाका देशका विभिन्न नदी तथा खोलाहरुमा पानीको सतह बढी तटीय क्षेत्रमा जोखिम बढेको छ।नदी तथा खोलाहरुमा पानीको सतह निरन्तर बढ्दो क्रममा छ। इलाम, झापा, मोरङका अधिकांश स्थानमा अहिले भीषण वर्षा भइरहेको र थप वर्षाको सम्भावना रहेकाले मेची, कनकाई‚ बिरिङ, निन्दा, चिसाङ, मावा‚ रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखले आग्रह गरेको छ। यस्तै, होचो ठाउँमा डुबान हुन सक्ने भए

सम्बन्धित सामग्री

पूर्वी नवलपरासीमा एकसय ४४ घर डुबानमा

अविरल वर्षा पछि नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर पूर्वी नवलपरासीका एकसय शुक्रबार ४४ घर डुबानमा परेका छन् ।बुधबार रातिदेखि परेको अविरल वर्षा पछि जिल्ला हुँदै बग्ने नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर उक्त सङ्ख्याका घर डुबानमा परेका पूर्वी नवलपरासी जिल्लाप्रहरी कार्यालयका प्रवक्ता सन्तोष पाठकले बताए । उनका अनुसार बाढीका कारण गैँडाकोट मा ८०, मध्यविन्दुमा २०, विनयी त्रिवेणीमा २८ र हुप्सेकोटमा १६ घर गरेर १ सय ४४ घर डुबानमा परेका हुन् ।त्यसैगरी लगातार वर्षाले गर्दा खसेको पहिरोका कारण

खोलाले बस्ती कटान गर्न थालेपछि स्थानीय त्रसित

रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ५ मा रहेको बालुवा बस्ती बाढीको उच्च जोखिममा परेको छ । दुई तिरबाट नदी र खोला जमिन कटान गर्दा बस्ती जोखिममा परेको हो । एकातिरबाट उत्तरगंगा नदी र अर्कोतिरबाट रुकुमगाड खोलाले कटान गर्दा बस्ती उच्च जोखिममा परेको हो । लगातारको वर्षासँगै आएको बाढीले रात दिन बालुवामा रहेको खेती योग्य जमिन कटान गरिरहेको छ ।केही दिनदेखि लगातार वर्षा भइरहेकाले झन् स्थानीय त्रसित बनेका छन् । गत वर्ष देखि नै नदीले बालुवाको जमिन कटान गर्न सुरु गरेको थियो । अहिलेसम्म उत्तरगंगा नदी

देशका धेरै ठाउँमा ठूलो वर्षा, कुन प्रदेशमा कति वर्षा ?

काठमाण्डाै - कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्र बाहेक देशका अन्य क्षेत्रमा लगातार झरी परिरहेको छ । वाग्मती, लुम्बिनी, गण्डकी, प्रदेश-१ र प्रदेश-२ का धेरै ठाउँमा अति ठूलो वर्षा भएको छ। अहिले पनि देशका धेरै ठाउँमा झरी परिरहेको छ । लगातारको झरीले देशका विभिन्न नदी तथा खोलामा बाढी आएको छ भने पहाडी क्षेत्रमा पहिरो जान थालेको छ । कुन प्रदेशमा कति वर्षा ? लुम्बिनी प्रदेश गएको २४ घण्टामा लुम्बिनी प्रदेशको रुपन्देही, नवलपुर र भैरहवामा अति ठूलो वर्षा मापन भएको छ । नवलपुरमा सबैभन्दा धेरै ४ सय २३ मि...

वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश-१ का केही ठाउँमा ठूलो वर्षा

काठमाण्डाै - वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश-१ का केही ठाउँमा ठूलो पानी परेको छ । यी प्रदेशका धेरै ठाउँमा हिजोदेखि नै पानी परिरहेको छ । काठमाण्डौ उपत्यकाका केही ठाउँमा पनि राति ठूलो पानी परेको थियो भने केही ठाउँमा हल्का मात्रै पानी परेको मौसमविद्ले बताएका छन् ।  लगातार पानी परेसँगै विभिन्न नदी, खोलाहरुमा बाढी आएको छ । नारायणी र यसका सहायक नदीहरुमा रातिदेखि नै पानीको बहाव बढ्दै गएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै बुढीगण्डकी, त्रिशूली, वाग्मती, मर्स्याङ्दी, कालीगण्डकी, सुनकोशी, तामाकोशी, भोटेक...

नदी छेउछाउका बस्तीमा सतर्कता अपनाउन आग्रह

जिल्लामा लगातार अविरल वर्षासँगै मनसुन सक्रिय भएपछि खोला तथा नदीमा पानीको बहाव बढ्दै गएकाले नदी छेउछाउमा बसोबास गर्ने स्थानीयवासीलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले आग्रह गरेको छ । लगातार वर्षा भइरहेकाले बाढीपहिरो आउने भएकाले नदी छेउछाउ नजान सार्वजनिक सूचनामार्फत आग्रह गरिएको हो । मङ्गलबार प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा अविरल वर्षाले अप्रिय घटना घट्नसक्ने भएकाले विपद्बाट बच्नका लागि समयमै सतर्कता अपनाउन अपिल गरिएको छ ।

सेतीको उर्लँदो रुप : हेर्नुस् झरीले उरालेको नदीको स्वरुप

कास्की : लगातारको वर्षाले सेती नदीको बहाव तीब्र बनाएको छ। तीन दिन लगातार वर्षा हुने भएकाले नदी किनाराका बस्ती र घरहरु जोखिममा छन्। नदी तटीय बस्तीहरुमा सुरक्षित रहन सरकारले निर्देशन पनि दिइसकेको छ। पोखरामा सेतीको बहाब यस्तो देखिन्छ हेर्नुस्

रातिदेखि झरी, नदी खोलामा बाढीको सम्भावना

काठमाडौं – देशका धेरै ठाउँमा रातिदेखि नै वर्षा भइरहेको छ । मध्य तथा पश्चिम र चुरे क्षेत्रका केही ठाउँमा ठूलो वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै दिउँसोपख सुदूरपश्चिमको केही ठाउँ ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् सुवास रिमालले बताउनुभयो ।  उहाँका अनुसार लगातार पानी परिरहेका...

'बाढीको आउन सक्छ सतर्क रहनुस्'

तीन दिनदेखि लगातार वर्षा भएका कारण नदी तथा खोलामा पानीको बहाव बढ्दा मुलुकका अधिकांश क्षेत्रमा जोखिम बढेको छ । विशेषगरी