काठमाण्डाै - वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश-१ का केही ठाउँमा ठूलो पानी परेको छ । यी प्रदेशका धेरै ठाउँमा हिजोदेखि नै पानी परिरहेको छ । काठमाण्डौ उपत्यकाका केही ठाउँमा पनि राति ठूलो पानी परेको थियो भने केही ठाउँमा हल्का मात्रै पानी परेको मौसमविद्ले बताएका छन् ।
लगातार पानी परेसँगै विभिन्न नदी, खोलाहरुमा बाढी आएको छ । नारायणी र यसका सहायक नदीहरुमा रातिदेखि नै पानीको बहाव बढ्दै गएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै बुढीगण्डकी, त्रिशूली, वाग्मती, मर्स्याङ्दी, कालीगण्डकी, सुनकोशी, तामाकोशी, भोटेक...