देशका धेरै ठाउँमा ठूलो वर्षा, कुन प्रदेशमा कति वर्षा ?

काठमाण्डाै - कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्र बाहेक देशका अन्य क्षेत्रमा लगातार झरी परिरहेको छ । वाग्मती, लुम्बिनी, गण्डकी, प्रदेश-१ र प्रदेश-२ का धेरै ठाउँमा अति ठूलो वर्षा भएको छ। अहिले पनि देशका धेरै ठाउँमा झरी परिरहेको छ । लगातारको झरीले देशका विभिन्न नदी तथा खोलामा बाढी आएको छ भने पहाडी क्षेत्रमा पहिरो जान थालेको छ । कुन प्रदेशमा कति वर्षा ? लुम्बिनी प्रदेश गएको २४ घण्टामा लुम्बिनी प्रदेशको रुपन्देही, नवलपुर र भैरहवामा अति ठूलो वर्षा मापन भएको छ । नवलपुरमा सबैभन्दा धेरै ४ सय २३ मि...

सम्बन्धित सामग्री

गएराति काठमाण्डौ उपत्यकासहित केही ठाउँमा ठूलो वर्षा : आज पनि पानी पर्ने

काठमाण्डाै - गएराति देशका धेरै ठाउँमा मनसुनी वर्षा भएको छ । गण्डकी, कोशी र बाग्मती  प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ । ठूलो वर्षाका कारण यी प्रदेशका केही नदी तथा खोलामा पानीको बहाव बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा लमजुङको खुदी बजारमा १३० मिलिमिटर पानी परेको छ । यस्तै, लमजुङकै कुन्सामा १०३ मिलिमिटर, कास्कीको सिक्लेसमा ९३ दशमलव २, लमजुङको गैरीढुंगामा ८५, रैनास्तर ९० दशमलव ४  मिलिमिटर वर्षा भएको छ । यस्तै, बाग्मती प्रदेशको मकवानपुरको दामनमा ७० दशमलव...

आज पनि ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाण्डौ – गएराति देशका केही ठाउँमा ठूलो वर्षा भएको छ । काठमाण्डौसहित वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको मौसमविद्ले बताएका छन् । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार आज धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ भने केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । बिहान हल्का मात्रै वर्षा भए पनि दिउँसो हल्कादेखि मध्यम वर्षा हुने र राति वाग्मती प्रदेश, गण्डकी प्रदेश  र लुम्बिनी प्रदेशका  थोरै र प्रदेश ...

गएको १२ घण्टामा मकवानपुर, सिन्धुपाल्चोक र सिन्धुलीमा ठूलो वर्षा

काठमाण्डाै - गएको १२ घण्टामा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ । मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, बर्दिया र पोखरामा ठूलो वर्षा भएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । मकवानपुरमा २२० मिलिमिटर, सिन्धुपाल्चोकमा ११९ मिलिमिटर, सिन्धुलीमा ११२, बर्दियामा ९२ र पोखरामा ६७ मिलिमिटर पानी परेको छ । बङ्गालको खाडीमा न्यून चापीय क्षेत्र बनेको र त्यसकै प्रभावका कारण नेपाल आएको जलवाष्पयुक्त हावाको असर हिजो बेलुकादेखि परेको छ । यसकै कारण आज बिहानैदेखि देशका धेरै ठाउँको मौसम बदली&...

गोरखा, कास्की, दोलखासहितका ठाउँमा ठूलो वर्षा, तामाकोसीमा बाढीको जोखिम

काठमाण्डाै - देशका विभिन्न ठाउँमा ठूलो वर्षा भएको छ । — Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 3, 2022 कास्कीको जुमलेटी, पोखरा  विमानस्थल, लामापाटन, घलेखर्कलगायत धेरै ठाउँमा ठूलो वर्षा भएको  छ । — Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 3, 2022 यस्तै, पर्वत, गोरखा र आसपासका केही ठाउँमा पनि ठूलो वर्षा भएकाले यी क्षेत्र भइ बहने साना नदीमा आकस्मिक रुपमा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी...

पूर्वी क्षेत्रमा ठूलो वर्षा, केही ठाउँमा डुबानको जोखिम

काठमाण्डाै - देशका धेरै ठाउँमा पानी परिरहेको छ । पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो पानी परेको छ । पूर्वी क्षेत्रमा मनसुनी न्यून चापीय रेखा सरदर ठाउँको आसपासमा नै रहेकाले त्यस क्षेत्रमा ठूलो वर्षा भइरहेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो । पछिल्लो ३/४ घण्टादेखि झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै ठाउँमा ठूलो वर्षा भएको छ । यी क्षेत्रमा थप ठूलो पानी पर्न सक्ने अनुमान गरिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । यी जिल्ला भइ बहने साना नदीमा आकस्मिक बाढी आउन सक्ने अनुमान गरिएको ...

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा

काठमाण्डौ  - अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । केही ठाउँमा ठूलो वर्षा भएको छ भने केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् निराजन सापकोटाका अनुसार अहिले काठमाण्डौ उपत्यकासहित वाग्मतीका केही ठाउँ, प्रदेश-१,गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक/दुई ठाउँमा ठूलो पानी परिरहेको छ । आज दिउँसो पनि देशका पहाडी भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षा भइरहे पनि नारायणगढ–मुग्लिन सडक खण्डमा अहिले गाडीको आवागमनमा कु...

डडेल्धुरामा पछिल्लो तीन घण्टा ठूलो वर्षा

डडेल्धुरा - डडेल्धुराका गैबडे र आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टा ठूलो वर्षा भएकाले बाढी पहिरोको जोखिम बढेको छ ।  बाढी पूर्वानुमान महाशाखाले यो क्षेत्र भएर बहने साना नदीहरुमा आकस्मिक बहाव र भिरालो जमिनमा पहिरो जान सक्ने हुँदा दिउँसोसम्म नै सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविद्ले आज देशका धेरै ठाउँमा दिनभरि नै पानी पर्ने सम्भावना रहेको बताएका छन्  । यस्तै केही ठाउँमा ठूलो वर्षा हुने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।