नदी छेउछाउका बस्तीमा सतर्कता अपनाउन आग्रह

जिल्लामा लगातार अविरल वर्षासँगै मनसुन सक्रिय भएपछि खोला तथा नदीमा पानीको बहाव बढ्दै गएकाले नदी छेउछाउमा बसोबास गर्ने स्थानीयवासीलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले आग्रह गरेको छ । लगातार वर्षा भइरहेकाले बाढीपहिरो आउने भएकाले नदी छेउछाउ नजान सार्वजनिक सूचनामार्फत आग्रह गरिएको हो । मङ्गलबार प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा अविरल वर्षाले अप्रिय घटना घट्नसक्ने भएकाले विपद्बाट बच्नका लागि समयमै सतर्कता अपनाउन अपिल गरिएको छ ।

सम्बन्धित सामग्री

भक्तपुरमा हनुमन्ते बस्तीमा पस्यो, उच्च सतर्कता अपनाउन आग्रह

भक्तपुरको शहरी क्षेत्रमा पानी नपरे पनि आज साँझदेखि उर्लेर आएको हनुमन्ते नदी भक्तपुरको बस्तीमा पसेको छ ।

भक्तपुरमा हनुमन्ते बस्तीमा पस्यो, उच्च सतर्कता अपनाउन आग्रह

भक्तपुरको शहरी क्षेत्रमा पानी नपरे पनि आज साँझदेखि उर्लेर आएको हनुमन्ते नदी भक्तपुरको बस्तीमा पसेको छ ।

कर्णाली नदी बस्तीमा पस्ने जोखिम :  उच्च सतर्कता अपनाउन आग्रह

टीकापुर - कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो । पार्क क्षेत्रमा कर्णाली नदी तटबन्धन भत्किएमा टीकापुरको वडा नं ५, ६, ७, ८ र ९ वडा पूरै डुबान तथा कटानमा पर्ने देखिन्छ । नदी कटान तीव्र...

कर्णाली नदी बस्तीमा पस्ने जोखिम :  उच्च सतर्कता अपनाउन आग्रह

टीकापुर - कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो । पार्क क्षेत्रमा कर्णाली नदी तटबन्धन भत्किएमा टीकापुरको वडा नं ५, ६, ७, ८ र ९ वडा पूरै डुबान तथा कटानमा पर्ने देखिन्छ । नदी कटान तीव्र...

कर्णाली नदी बस्तीमा पस्ने खतरा :  उच्च सतर्कता अपनाउन आग्रह

कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क)नजिक कर्णाली नदीले कटान तीव्र बनाएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो ।

सप्तकोसीमा ठूलो बाढी, केही बस्ती जोखिममा, उच्च सतर्कता अपनाउन आग्रह

काठमाण्डाै – सप्तकोसी नदीमा ठूलो बाढी आएको छ । पहाडी जिल्लामा हिजो साेमवारदेखि परेको ठूलाे पानीका कारण सप्तकोसीमा ठूलो बाढी आएको हो । सुनसरीको चतरामा बिहानैदेखि बाढीको सतह सतर्कताको तहमा पुगिरहेको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।  उदयपुर, सुनसरी र सप्तरी जिल्लाका नदी तटीय क्षेत्रमा बेलुकासम्मै उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । कोसीमा सतह बढेर उदयपुरको बेलका नगरपालिकाको डुम्रीबाट बस्तीमा पस्न थालेको छ । बस्तीमा पानी पसेमा सप्तरीसम्मका कैयौँ गाउँ डुबान र कटानमा पर्ने...

मेलम्ची–हेलम्बु सडक निर्माण अनिश्चित

सिन्धुपाल्चोक । मेलम्ची खोलामा आएको बाढीले निरन्तर कटान गरेपछि मेलम्ची हेलम्बु सडक निर्माण अनिश्चित बनेको छ । गत असार १ गतेपछि आएको बाढीले भत्काएको सडक पटक पटक बनाएर यातायात सञ्चालन गरे पनि निरन्तरको बाढी र कटानले गर्दा सडक पुनः अवरुद्ध भएको छ । सडक सञ्जाल नहुँदा मेलम्चीदेखि माथिल्लो भेगका नागरिकले सास्ती भोग्न परेको छ । सडक नहुँदा पुल निर्माण समेत बाधा पुगेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । ‘लगभग यतिबेला पुल निर्माणको काम सकिनै लाग्थ्यो, बाटो नभएर सामान ल्याउनै पाइएन समस्या भयो,’ उनले भने । आगामी दशैंसम्ममा अस्थायी आवास निर्माणको काम सक्ने र प्रभावितलाई स्थानान्तरण गर्ने गाउँपालिकाका योजनामा समेत अहिलेको बाढीले प्रभाव पारेको छ । निरन्तरको वर्षाका कारण अहिले पनि मेलम्ची खोलामा बाढी आउँदा हेलम्बुदेखि सिपाघाटसम्मका नदी किनारका बस्ती जोखिममा परेका छन् । आइतवारमात्रै पनि मेलम्ची नगरपालिका–६ तालामाराङ बजार नजिकैको एक घर बाढीले क्षति पुर्‍याएको थियो । बाढीले ठूलो क्षति पु¥याएको हेलम्बु मेलम्चीमा अहिले पनि जोखिम कायमै रहेको छ । नगर प्रमुख डम्बर अर्यालले नदी किनारको बस्तीमा बसोवास गर्नेलाई सुरक्षित स्थानमा बस्न र सतर्कता अपनाउन आग्रह गरिएको बताए । ‘नदी नियन्त्रण र नदीले अवरुद्ध बनाएको सडक खुलाउन हामीले सम्पूर्ण संयन्त्र परिचालन गरेका छौं, करोडौं रुपैयाँ लगानी भइसक्यो । तर पनि हाम्रो लगानी र हाम्रो मिहेनत बालुवामा पानीजस्तै भएको छ,’ उनले भने । गत शुुक्रवारदेखिको लगातारको वर्षाले हेलम्बुको तिम्बुदेखि मेलम्ची–११ को बजारसम्म खोला वारिपारि रहेका घर, टहरा, पुल, खेत तीन विद्यालय जोखिममा छन् । अहिले खेतीयोग्य सयौं रोपनी बाढीले कटान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार सोमवार बिहानसम्म जिल्लामा यस वर्ष २७२ पक्की घर, १८५ कच्ची घर, ६६ गोठ टहरा, अन्य ५२, पक्की सात झोलुंगे पुलमा १५ क्षति भएको छ । रासस