काठमाडौं : श्रीलंकाविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा पनि भारत विजयी भएको छ। गएराति भएको खेलमा पाहुना टोली भारतले श्रीलंकालाई तीन विकेटले हराएको हो। जितका लागि २७६ रनको लक्ष्य भारतले ४९ ओभर १ बलमा ७ विकेट गुमाएर भेट्टायो। भारतलाई जिताउन दीपक चाहरले नटआउट ६९ र सूर्यकुमार यादवले ५३ रन बनाए।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २७५ रन बनाएको थियो।यसअघि भएको पहिलो एक दिवसीयमा पनि भारत विजयी भएको थियो। शिखर धवनको कप्तानीमा रहेको भारतले लगातार