पर्वत : अघिल्लोपटक २०७४ सालमा भएको प्रतिनिधि तथा प्रदेश निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन बनेको थियो। त्यो बेलामा कुम जोडेर चुनावमा होमिएका नेताहरू अहिलेको निर्वाचनमा एक अर्कालाई परास्त गर्नका लागि सकेसम्मको आलोचनामा उत्रिने पक्का छ।२०७४ को निर्वाचनमा एक अर्कोको प्रशंसा गर्दै जनताको दैलोमा मत माग्दै पुगेका नेताहरू पार्टी फुटेसँगै अहिलेको चुनावमा एकले अर्काका नराम्रा पक्षलाई उजागर गरेर परास्त गर्ने प्रयासमा हुने अवस्था आएको छ। यस्तै संयोग यी दुवै राजनीतिक दलका ‘हेभी