नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको कब्जामा रहेर प्राइभेट कम्पनीमा रुपान्तरित नेकपा एमाले प्रमुख प्रतिद्वन्द्वी भएको बताएका छन् । मंगलबार पोखरामा आयोजित नेकपा समाजवादीको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले केपी ओलीले शत्रु घोषणा गरेको बताए । ओलीले अनुहार समेत नहेर्ने घोषणा गरेको भएपनि संजोग काँग्रेसको अधिवेशनमा अनुहार हेर्नु परेको नेता नेपालले ब्यङ्ग्य गरे । अध्यक्ष माधव नेपालले ओलीले अवैध प्रक्रियाबाट पार्टी विभाजन गराएको आरोप लगाउ