असार १९ मा बिरिङको बाढी पस्दा झापा गाउँपालिका ५ खयरबारीका २० घर डुबानमा परे । त्यसै दिन गौरीगन्ज गाउँपालिकाको आमडाँगीमा १५ घर डुबे । शिवसताक्षी नगरपालिका ५ मा कनकाईको बाढीले कटान गरेको थियो । ‘जनताको तटबन्धन’ का कारण बाढी गाउँ पस्न भने नपाएको स्थानीयको भनाइ छ ।