आज यी स्थानमा छ बाढीको खतरा, सतर्क रहनुहोला

काठमाडौं। मनसुन सुरु भएसँगै परेको अविरल वर्षाले देशका विभिन्न स्थानमा बाढीको जोखिम बढाएको छ। जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार आज पूर्वी राप्ती, पश्चिम राप्ती, तिनाउ, बबई, कालिगण्डकी, भेरी र यसका सहायक नदी जलाधारमा बाढीको खतरा रहेको छ। लमजुङ,कास्की,पवर्त,बागलुङ,म्याग्दी,तनहुँ,स्याङ्जा,नवलपुर,पाल्पा,कपिलवस्तु,अर्घाखाँची, गुल्मी, प्यूठान,दाङ,बाँके,बर्दिया,रुकुम, कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ र दार्चुलामा पनि आज बाढीको जोखिम छ।

सम्बन्धित सामग्री

पञ्जाबका १४ जिल्ला बाढीको चपेटामा

चण्डीगढ– पञ्जाबमा भारी वर्षा र बाढीका कारण हालसम्म २२ हजार मानिसले आफ्नो घर छाड्नु परेको छ । सरकार र प्रशासनले ती मानिसहरूलाई सुरक्षित स्थानमा पुर्‍याएको छ। सरकारका अनुसार हालसम्म १४ जिल्लाका ११ सय ७९ गाउँ बाढीबाट प्रभावित भएका छन् ।  हाल, बाढीको प्रकोपको सामना गर्ने १४ जिल्लाहरूमा पटियाला, जालन्धर, कपुरथला, पठानकोट, तरनतारन, फिरोजपुर, फतेहगढ साहिब, […]

एक्काइस हजारभन्दा बढी श्रीलंकाली बाढीको चपेटामा

त्रिङ्कोमाली : बाढीको चपेटामा परेर दक्षिण एशियाली राष्ट्रहरूमा ठूलो जनधनको क्षति भइरहेका खबर सार्वजनिक भइरहेका वेला श्रीलंकामा आज दुईजनाको ज्यान गएको छ। यसैगरी पाँच हजार २१२ परिवारका २१ हजार ८८८ जना पीडित भएका केन्द्रीय विपद् व्यवस्थापन केन्द्रले जनाएको छ।केन्द्रका अनुसार बाढीबाट देशका विभिन्न ११ जिल्लामा १२० घरमा क्षति भएको छ। हम्बनटोटा, गाले, त्रिङ्कोमाली, किलीनोच्ची, गाम्पाहा, कोलम्बो, पुट्टलम र क्याण्डी अधिक प्रभावित भएका छन्।२६४ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको

उच्च सतर्कता अपनाउन महाशाखाको अलर्ट, कहाँ कहाँ छ बाढीको सम्भावना?

काठमाडौं : विभिन्न स्थानमा बुधवार बिहानैबाट वर्षा जारी रहेको छ। केही स्थानमा भने भारी वर्षाको सम्भावना भएकाले जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले पश्चिम राप्ती जलाधारको धेरै स्थानमा पछिल्लो ६ घन्टा अति भारी वर्षा मापन भएको र थप वर्षा हुने, पश्चिम…

सात नदीमा बढीको उच्च जोखिम बढ्यो

तीन देखि परेको लगातारको वर्षाले नारायणी, तिनहु, वाङगंगा, बागमती, कोशी, र कमला नदीको १५ स्थानमा बाढीको उच्च खोजिम भएको छ । यि नदीको १५ स्थानमा बाढीले खतराको तह पार गरेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

चीनमा बाढी : १२ जनाको मृत्यु, एक लाखभन्दा धेरैलाई सुरक्षित स्थानमा सारियो

६ साउन, काठमाडौं । मध्य चीनमा अविरल वर्षापछि आएको बाढीको कारण १२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार बाढीको कारण एक लाखभन्दा धेरै मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीको कारण चीनको हेनान प्रान्तको राजधानी सहर झेङझोउसहितका एक दर्जनभन्दा धेरै सहर बढी प्रभावित भएका छन् । सार्वजनिक भएका केही भिडियोमा चिनियाँ सहरको […]

आज काठमाडौँसहित कहाँ–कहाँ बाढीको खतरा ?

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौँ लगायत देशका विभिन्न स्थानमा बाढीको खतरा रहेको जनाएको छ । महाशाखाले गरेको आज बिहानको पूर्वानुमान अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव स्थिर अवस्थामा रहेको र सतर्कता तह भन्दा तल नै रहेको छ ।   महाशाखाले आज दिउँसो  नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने, कोशी र यसका ससाना सहायक नदीमा बहाव बढ्ने जानकारी गराएको छ । केही साना नदीमा अकस्मात् बहाव बढ्न

बाढीको बितण्डाः सतर्क हुनुपर्ने कहाँ

काठमाडौं, २ असार । देशका विभिन्न स्थानमा बाढीले बितण्डा मच्चाएको छ । मानवीय एवं भौतिक क्षति भएको छ । मनाङ, सिन्धुपाल्चोक, चितवन, नवलपरासीलगायतका जिल्लाहरुमा बढी क्षति पुगेको छ । हिजो राति जलबिरेस्थित बलेफी खोला जलमापन केन्द्रमा जलसतह खतरा तह पार गरेकोमा अहिले घट्दै गएको बाढी सूचना केन्द्रले जनाएको छ । हिजो त्यहाँ उच्च सतर्कता अपनाउन […]

सिड्नीमा बाढीको खतरा, हजारौं मानिसलाई शहर छाड्‍न भनियो

अस्ट्रेलियाको सिड्नीमा बाढीको खतरा बढेपछि सर्वसाधरणलाई सुरक्षित स्थानमा जान भनिएको छ। केही दिनदेखि न्यू साउथ वेल्समा पानी परिरहेको छ। जसकारण केही क्षेत्र डुबानमा पर्न सक्ने सम्भावना बढ्दै गएको छ। पानीको बहाव बढ्ने देखिएकोले मानिसहरुलाई घर छाडेर सुरक्षित स्थानमा जान भनिएको न्यू साउथ वेल्सका प्रिमियर गल्डिज बेरेजिक्लिनले बताए। उनले सिड्नीबाट हजारौं…