बाँकेका १३,२२७ घरधुरी बाढीको उच्च जोखिममा

जिल्लामा बाढीको इतिहास हेर्ने हो भने २०७१ र २०७४ सालमा अहिलेसम्मकै ठूलो र क्षति बढी भएको तथ्यांक छ।...

सम्बन्धित सामग्री

कैलालीको भजनी नगरपालिका डुवानमा

काठमाडौं । अविरल वर्षाले कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ । बाढीको उच्च जोखिममा रहँदै आएको यो नगरपालिका जलमग्न हुँदा नगरवासी प्रभावित भएका छन् । नगरपालिकाका पुरै नगरपालिकावासी बाढीबाट प्रभावित भएको जनाएको छ । हालसम्म एक हजार बढी घरधुरी प्रभावित भएको र पीडितहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताइएको छ । पीडितहरुलाई हुलाकी राजमार्गका साथै […]

चिसो बढेपछि भत्किएकै घरमा फर्किन बाध्य भए बाढीपीडित

मनाङ । जाडो बढ्दै गएपछि मनाङका बाढीपहिरा पीडित जोखिमयुक्त घरमा फर्किन बाध्य भएका छन् । चार महीनादेखि त्रिपालमा बसेका बाढीपीडित जाडो बढेपछि त्यसबाट सुरक्षित हुन जोखिमयुक्त घरमै भए पनि फर्किन थालेका हुन् । मस्र्याङ्दी नदीमा आएको बाढीको डुबान र पहिराले नासों गाउँपालिकामा मात्रै ८२ घरधुरीमा क्षति पुगेको थियो । त्यहाँका १५ घर अझै उच्च जोखिममा छन् । अविरल वर्षासँगै जेठ ३१ गते राति मस्र्याङ्दी नदी बढ्न थालेपछि नासों गाउँपालिका–१ तालगाउँ बाढीपीडित गाउँतर्फ नै फर्किएर चिसोबाट जोगिने ओत खोज्न थालेका छन् । राति आएको बाढीमा ज्यान जोगाउनेमध्ये एक छन् रामचन्द्र गुरुङ । ‘दुईतले घरको भुइँमा झर्दा पानी घुँडासम्म आइसकेको थियो । हारगुहार गर्दै तालडाँडासम्म पुगेर ज्यान बचाइयो । बिहान नहुँदै मेरो घर नभई तालगाउँ नदीको डुबानमा परेका थियो,’ उनले भने, ‘चार महिना हुँदासम्म पनि सुरक्षित व्यवस्थापन हुन नसक्दा डुबानमा परेको घरमा जाडोबाट जोगिन ओत यही घरमा लाग्न बाध्य भएका छौं ।’ पछिल्लो समय संघसंस्थाको सहयोगमा आएको त्रिपालमा बस्दै आएका ताल गाउँवासी बाढीले आधा भत्काएको घरमा फर्किएका छन् । रामचन्द्रजस्तै नगेन्द्र गुरुङको परिवार पनि त्रिपालबाट भत्किएकै घर सामान्य मर्मत गरी बस्न थालेको छ । ‘भुइँतलाको घर चार कोठाको थियो । फ्रेस हाउस र खोर पनि डुबायो,’ उनले भने, ‘एउटा कोठा काम लाग्दैन । चारओटा सबै पुरिएको छ । अरू कोठामा पसेको लेदो, गिट्टी, बालुवा फालेर बस्न थाल्यौं ।’ स्थानीय सिंहबहादुर गुरुङका अनुसार ताल गाउँका नौ घरपरिवार तालडाँडामा त्रिपालमा छन् । ताल गाउँको सबै घर डुबानमा परेको थियो । सिरान तालको सात घरसहित करीब ६० घर डुबानमा परेको नासों गाउँपालिका–१ का अध्यक्ष झलकबहादुर गुरुङले बताए । ताल गाउँका मात्रै नभएर नासों गाउँपालिका–३ धारापानी, सदरमुकाम चामेका बाढीपहिरा पीडित पनि भत्किएकै घरलाई टालटुल पारेर सामान्य मर्मत गरी बस्न थालेका छन् । गाउँपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत गोविन्दबहादुर रानाभाटका अनुसार गाउँपालिकाभित्रका ८२ घरधुरीमा बाढीपहिराले क्षति पु¥याएको छ । ४४ घर पूर्णरूपमा क्षति भएका छन् । यस क्षेत्रका १५ घरधुरी आंशिक क्षति तर उच्च जोखिममा रहेका छन् भने न्यून जोखिमका २३ घरधुरी छन् । वरिष्ठ कार्यक्रम अधिकृत रानाभाटका अनुसार १ नं वडाको तालमा मात्रै ५९ घरमा क्षति पुगेको थियो । अझै पनि तालका १५ घरपरिवार छिमेकीको आश्रयमा बस्न बाध्य छन् भने ६ घरपरिवार अन्यत्रै सरेका छन् । रासस

काभ्रे बाढीपहिरोको उच्च जोखिममा, साढे तीन हजार घरपरिवार प्रभावित हुने आकलन

बाढी र पहिरोका मनसुनजन्य विपत्का कारण काभ्रेपलाञ्चोक जिल्लामा साढे तीन हजार परिवार प्रभावित बन्ने आकलन गरिएको छ। जिल्ला विपत् व्यवस्थापन समितिका अनुसार धेरै वर्षाका कारण आउने बाढी तथा पहिरोबाट यस जिल्लाका १३ स्थानीय तहका तीन हजार ६४७ घरधुरी प्रभावित हुने अनुमान गरिएको हो। काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले काभ्रेपलाञ्चोकमा पहिरो र बाढीको जोखिम धेरै रहेको चर्चा गर्दै उच्च जोखिममा पहिरो पहिलो र बाढी दोस्रो स्थानमा रहेको बताउनुभयो।

गौरीगंज गाउँपालिकामा ६ सय ५० घरधुरी बाढीको उच्च जोखिममा

झापाको गौरीगंज गाउँपालिकामा ६ सय ५० घरधुरी बाढीको उच्च जोखिममा रहेको पाइएको गाउँपालिकाले तथ्याङ्क निकालेको छ । पालिका स्तरीय विपत् व्यवस्थापन समितिले यस्तो तथ्याङ्क निकालेको हो ।