चौतारा – अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित लिपिङ पुल नजिक भास्सिएर विगत तीन महिनादेखि अवरुद्ध सडक शुक्रबारबाट सञ्चालनमा आएको छ। अविरल वर्षाले गत असार २ गतेदेखि भास्सिएको सडक मर्मत गरिएपछि शुक्रबार बिहानदेखि सञ्चालनमा आएको डिभिजन सडक कार्यालय दोलखाका इञ्जिनियर गोविन्द डुमरीले जानकारी दिए। नेपाल र चीनसँगको प्रमुख व्यापारिक नाकाको रुपमा रहेको तातोपानीको उक्त सडक खण्ड […]