अरनिको राजमार्ग भासिएपछि तातोपानी नाका अबरुद्ध

काठमाडौं, १६ साउन । निरन्तर वर्षाले अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ डाक्लाङमा सडक भासिदा बाटो अबरुद्ध भएको छ । आज बिहान करिब ५ बजे सडक भासिएको हो । सडक २० मिटर भासिदा आउजाउ नै बन्द भएको छ । सडक मर्मतको लागि विभागसम्म समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

खुल्यो तातोपानी नाका, रोकिएका ईभी आउने

काठमाडौं । चीनसँगको मुख्य व्यापारिक नाका तातोपानी पुग्ने सडक २६ दिनपछि संचालनमा आएको छ । गत असोज १० देखि १२ गतेसम्म आएको बाढीपहिरोका कारण अवरुद्ध अरनिको राजमार्ग बिहीबार रातिदेखि संचालनमा आएको हो । पहिरोले बगाएको सडक मर्मत गरी तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा ल्याइएको तातोपानी भन्सार कार्यालयका, सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले जानकारी दिए । बाढीले […]

पहिरोले अरनिको सडक अवरुद्ध, तातोपानी नाका बन्द

अविरल बर्षापछि गएको पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ । बन्देउदेखि नै पहिरो खसकोले सडक बन्द छ ।

तातोपानी नाका र पहुँच मार्ग

काठमाडौंदेखि १ सय १३ किलोमिटरको दूरी पार गरेपछि सिन्धुपाल्चोकको कोदारी पुगिन्छ । यस मार्गलाई अरनिको राजमार्ग पनि भनिन्छ । यो राजमार्ग हुँदै छिमेकी राष्ट्र चीनको सिमाना तातोपानी नाका पुगिन्छ । तातोपानी नाकाबाट केही दूरी पार गरेपछि चीन र नेपालको सिमाना, जहाँ भोटेकोसी नदीमाथि मितेरी पुल छ, मितेरी पुल नै नेपाल र चीन जोड्ने नाका हो, […]

अरनिको राजमार्ग भासियो, तातोपानी नाका अवरुद्ध

काठमाडौं । अविरल वर्षाको कारण अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ डाक्लाङमा आज बिहान सवा ५ बजे अन्दाजी २० मिटर सडक भासिएको छ । सडक भासिएका कारण तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवहाक सवारी साधनको आवागमन रोकिएको छ । सडक मर्मतको लागि सडक विभागसँग समन्यव भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

तातोपानी नाकामा सरकारले लगानी गर्नुपर्छ : सभामुख सापकोटा

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाकामा नेपाल सरकारले लगानी गर्नुपर्ने बताएका छन् । सोमवार नेपाल–चीनबीचको उत्तरी सीमा तातोपानी नाकाको निरीक्षण गर्दै सापकोटाले उक्त नाकामा नेपाल सरकारले लगानी गर्नुपर्ने देखिएको बताए । ‘यो नाकाले वार्षिक अर्बाैंको राजस्व भिœयाउँदै आएको थियो,’ सापकोटाले भने, ‘जुरे पहिरो, भूकम्प र पटकपटकको प्राकृतिक विपद्का कारण अहिले यो क्षतविक्षत बन्न पुगेको छ । यस नाकालाई पूर्णरूपमा सञ्चालन गर्न नेपाल सरकारले लगानी गर्नुपर्ने देखियो ।’ सभामुख सापकोटाले वार्षिक अर्बाैंको राजस्व भिœयाउन पनि राज्यले नाकालाई सुदृढ बनाउन कञ्जुस्याइँ गर्न नहुने बताए । बाह्रबीसेदेखि कोदारीसम्मको विकासलाई बहुवर्षीय योजनाका रूपमा लैजानुपर्ने भन्दै उनले त्यसका लागि अल्पकालीन र दीर्घकालीन खाका बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘दीर्घकालीन रूपमा धुलिखेलदेखि कोदारीसम्मको सडकलाई दुईलेनको बनाउन सकिन्छ,’ उनले भने, ‘अल्पकालीन रूपमा भने बाह्रबीसेदेखि कोदारीसम्म भत्किएका र बिग्रिएका संरचनाहरूलाई तत्काल निर्माण गर्नुपर्ने देखिन्छ ।’ सभामुख सापकोटाले त्यसका लागि बजेट छुट्याउन अर्थमन्त्री जनार्दन शर्मालाई आग्रह गरे । सभामुख र मन्त्रीसहितको टोलीले मितेरी पुल, लिपिङ बजारको निरीक्षण गरेको छ । लिपिङ बजार सीमा पुलसँग जोडिएको बजार हो । भूकम्पपछि यहाँको अवस्था दयनीय छ । यो बजारमा मात्रै भूकम्पअघि दैनिक करोडौंको कारोबार हुन्थ्यो । ठूलाठूला होटेल, बैंकलगायत कारोबार हुने व्यापारिक पसलहरू यहाँ थिए । यसलाई पुनः सुचारू गरिनुपर्नेमा सभामुख सापकोटाले जोड दिए । सभामुखसँगै नाका निरीक्षणका लागि पुगेका अर्थमन्त्री जनार्दन शर्माले तातोपानी नाकालाई सहज बनाउन कूटनीतिक पहल भइरहेको बताए । ‘तातोपानी नाकालाई सुदृढ बनाउँदै व्यवसायलाई सहज बनाउन कूटनीतिक पहल भइरहेको छ,’ शर्माले भने, ‘पहिलेको तुलनामा नाकामा उल्लेख्य सुधार भइसकेको छ र अझ यो नाकालाई विस्तार गरेर जाने विषयमा चीन सरकारसँग सहमतिसमेत भइसकेको छ ।’ अर्थमन्त्री शर्माले अबको केही महीनाभित्रबाट नाका नियमित पूर्णरूपमा सञ्चालन हुने दाबी गरेका छन् । ‘भौतिक पूर्वाधार निर्माण, बाहबीसे–कोदारी सडक र भूक्षय रोकथामका लागि चीन सरकारसँग विस्तृत जानकारी दिइसकेका छौं,’ उनले भने, ‘नाका पूर्णरूपमा सञ्चालनमा ल्याउन चीन सरकार सहमत देखिएको छ ।’ तातोपानी भन्सार र मितेरी पुलसम्मको अवलोकन भ्रमण गरी त्यहाँको वर्तमान अवस्थाबारे सभामुख सापकोटा र अर्थमन्त्री शर्माले जानकारी लिएका हुन् । उनीहरूले अरनिको राजमार्गको सडक अवस्थाको निरीक्षण गरेका थिए । बाह्रबीसेदेखि नेपाल चीन सीमासम्मको २६ किलोमीटर सडकमा गर्नुपर्ने मर्मत तथा नयाँ निर्माणका लागि समेत निरीक्षण गरिएको थियोे । भूकम्पपछि अस्थिर रहेको तातोपानी नाका प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय व्यवसायी, तातोपानी भन्सारलगायतसँग छलफलसमेत भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले बताए । ‘नाका र अरनिको राजमार्ग सुधारका लागि चीनसँग आवश्यक थप समन्वय गर्नेबारे छलफल केन्द्रित थियो,’ न्यौपानेले भने । कोभिड–१९ महामारी र सीमाक्षेत्रमा गरिएको कडाइका कारण तातोपानी नाकाबाट हुने आयातनिर्यात पूर्ववत् अवस्थामा फर्कन सकेको छैन ।

लिपिङ पुलमा क्षति, तातोपानी नाका ठप्प

काठमाडौं : भोटेकोशीको कटानले लिपिङ पुलमा क्षति पुगेको छ भने अरनिको राजमार्ग अन्तरगतको सडक ठाउँ ठाउँमा भासिएको छ। त्यस क्षेत्रमा सडक बन्द भएपछि चीनसँगको प्रमुख व्यापारिक तातोपानी नाकासमेत बन्द भएको छ। यसैबीच, सभामुख अग्निप्रसाद सापकोटा र  भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङबीच भेटवार्ता भएको छ।भेटवार्ताको क्रममा तातोपानी–कोदारी क्षेत्रमा बाढी कटानबाट भइरहेको क्षति न्यूनीकरण एवं जोखिममा परेका स्थानीयको सुरक्षित स्थानान्तरणका विषयमा छलफल भएको सभामुखका प्रेस विज्ञ

तातोपानी नाकासम्म चिनियाँ कन्टेनर, बुधबार तीनवटा कन्टेनर नेपालमा

पाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानीको मितेरी पुलसम्म चिनियाँ पक्षले सामाग्री ल्याउन सुरु गरेको छ । बुधबार पहिलो पटक चिनियाँ कन्टेनरले नेपाली भूमिसम्म सामाग्री ल्याएको हो । बुधबार तीनवटा चिनियाँ कन्टेनरले नेपालसम्म सामाग्री ल्याएका छन् । ‘चिनिया कन्टेनरको डिब्बा मितेरी पुलमा नेपाली कन्टेनरमा लोड गरी सुख्खा वन्दरगाह सम्म ल्याउने ब्यवस्था गरिएको छ’, भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले भन्नुभयो, ‘पटक पटकको अनेकन अवरोधपछि कात्तिक १३ बाट पुनः सुचारु भएको तातोपानी भन्सार कार्यालयबाट यस अघि थौरै मात्रामा मात्र सामान आयात भएको भन्दै व्यापारीहरुले गुनासो गर्दै आएकाले यसको समाधानार्थ यो प्रक्रिया सुरु भएको हो ।’ नाका सञ्चालनको विषयमा नेपाल–चीनबीचको द्धिपक्षीय छलफलमा चीन पक्षले कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य सुरक्षा सावधानी बारे पटक पटक चासो व्यक्त गरेको भन्सार कार्यालयका प्रमुख खत्रीले बताउनुभयो । गत असोजमा केही कर्मचारीमा कोरोना देखिएपछि चीन पक्षले एक दिन सामाग्री पठाएर नाका पुनः ठप्प बनाएको थियो । ‘चिनियाँ कन्टेनरले सामाग्री ल्याईदिने हुँदा अब नेपाली व्यापारीका सामाग्री आउने आशा गर्न सकिन्छ’, भन्सार प्रमुख खत्रीले भन्नुभयो, ‘तातोपानी नाका पछिल्लो पटक असोज १९ गते सञ्चालनमा आएको थियो । तर सामान आयात गर्ने केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एक दिन सञ्चालन पश्चात् बन्द रहेको नाका गत महिनाबाट सुचारु भए पनि सामाग्री आयात भएको थिएन ।’ जुरे पहिरो र विनाशकारी भूकम्पपछि ठप्प रहेको नाका केही महिना सञ्चालन पश्चात् गत माघमा बन्द भएको थियो । चीनको बुहान प्रान्तमा कोरोना संक्रमण फैलिएको भन्दै चीनले सामाग्री निर्यात रोकेपछि गत माघ बाट चैत्र २६ सम्म बन्द रहेको नाका चैत्र २७ बाट पुनः सुचारु भएको थियो । वर्षाद सुरु भएयता भोटेकोशी नदीमा आएको बाढीले अरनिको राजमार्ग क्षतिग्रस्त भएपछि बन्द रहेको नाका असोज महिनामा एक दिन र कात्तिक १३ पश्चात् सुचारु रहेको भन्सार कार्यालयले जनाएको छ । ‘चिनियाँ पक्षले नेपालसम्म सामाग्री ल्याइदिने र स्वस्थ्य मापदण्ड पालना गरी सामाग्री जाँचपास हुने व्यवस्था मिलाएका छौँ ।’ भन्सार कार्यालयले जनाएको छ ।

तातोपानी नाका आजदेखि औपचारिक रुपमा खुल्यो

सिन्धुपाल्चोक – २०७२ सालको भूकम्पपछि बन्द भएको तातोपानी नाका बुधबारदेखि  औपचारिक रुपमा खुलेको छ । चीन सरकारले नै बनाइदिएको तातोपानी नाका मंगलबारदेखि नै सामान्य रुपमा खुलेको भए पनि विधिवत रुपमा भने बुधबारदेखि सञ्चालनमा आएको हो ।  नेपाल चीन जोड्ने प्रसिद्ध उत्तरी नाकाको रुपमा चिनिने अरनिको राजमार्ग २...

संकटमा सिन्धुपाल्चोक : नाकाबन्दीमा तातोपानी

सिन्धुपाल्चोक, साउन १० । अरनिको राजमार्ग अन्तर्गत तातोपानी नाका जोड्ने लार्चास्थित भोटेकोसी पुल आइतबार रातिको पहिरोले बगाएपछि सीमाक्षेत्र नाकाबन्दीमा परेको छ ।