सभामुख अग्निप्रसाद सापकोटाले अरनिको राजमार्ग सुचारु गर्ने सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङसँग छलफल गरेका छन् । तातोपानी–कोदारी क्षेत्रमा बाढी कटानबाट भइरहेको क्षति न्युनिकरण एवं जोखिममा परेका स्थानीको सुरक्षित स्थानान्तरणका विषयमा छलफल गरेको सभामुख सापकोटाका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जनाएका छन् । गएरातिको अविरल बर्षाले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित तातोपानी–कोदारी क्षेत्रमा अरनिको राजमार्ग र लिपिङ पुलमा क्षति पुर्याएपछि सभामुख