जिल्ला कारागार चितवनमा दुई बालिका गर्भबाटै बन्दी जीवन बिताउन बाध्य भएका छन् । गर्भवती अवस्थामा कारागार चलान भएर बन्दी जीवन बिताइरहेकी दुई आमाले कारागारमै बच्चा जन्माएकी हुन् । कारागार कार्यालय चितवनमा अहिले तीन आश्रित बालिका रहेका छन् । एक बालिका आमासँगै आएकी हुन् । लागुऔषध मुद्दामा पाँच वर्ष कैद सजाय पाएकी अनामिका (नाम परिवर्तन) कारागार चलान हुँदा पेटमा दुई महिनाको बच्चा थियो । उनी कारागार गएपछि सात महिनामा छोरीलाई जन्म दिइन् । अहिले ती बालिका दुई वर्ष पुग्न लागेकी छिन् । बालिका