अमेरिकाको ओरेगनस्थित एक १३ वर्षीया बालिका टिकटकमा फायर च्यालेन्ज भिडियो बनाउन खोज्दा जलेकी छिन् । डेस्टिनी क्रेन नामकी यी बालिकालाई अहिले आईसियुमा लगिएको छ । उनको घाँटी र पाखुरा नराम्रोसँग जलेको छ । आमा किम्बर्ली क्रेनका अनुसार पोर्टल्यान्डस्थित घरमा डेस्टिनी बाथरुममा टिकटक भिडियो खिच्दै थिइन् । त्यहीक्रममा आगलागीमा परिन् ।डेस्टिनीकी दिदी आन्द्रियाका अनुसार यो घटना १४ मेईको हो र डेस्टिनीकी साथी पनि घटनास्थलमा थिइन् । ‘उनकी साथी चिच्चाइरहेकी थिइन् । उनी टिकटक बनाउँदै थिइन् ।&rsqu