सामान्यतया महिलाको किशोरावस्था पूरा भएपछि आमा बन्न योग्य मानिन्छ । नेपालमा २० वर्ष पूरा भएपछि मात्रै बिहे गर्न पाइने प्रावधान छ ।
तर भारतको पश्चिम बंगालमा ७ कक्षामा अध्ययनरत छात्रा १३ वर्षको उमेरमै आमा बनेकी छन् । उनी भर्खर किशोरावस्थामा प्रवेश गरिरहेकी थिइन् ।
ती बालिकाकै कक्षामा अध्ययनरत एक छात्रले बलात्कार गरेपछि बच्चा जन्मिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
नदियाको धनताला क्षेत्रमा घटना भएको हो । बालिका गर्भवती भएको थाहा पाएपछि बलात्कार गर्ने नाबालक बुवा बंगलादेश टाप् भएको समाचारमा उल्लेख छ । ती बालकका बाजे बं...