प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि सोमवार बस्ने प्रतिनिधि सभा बैठकमा कोरोना संक्रमित सांसद प्रवेश गर्न नपाउने भएका छन् । तर, उनीहरूका लागि मतदानको छुट्टै व्यवस्था गरिने भएको छ ।
संसद् भवनमा आइतवार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमित सांसदलाई मतदानको छुट्टै व्यवस्था गर्ने निर्णय गरेको सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
बुधवार, बिहीवार र शुक्रवार गरिएको परीक्षणमा १४ जना सांसदमा कोरोना संक्रमण देखिएको थियो । हालसम्म केही...