काठमाडौँ– आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा केही उम्मेदवारले आफैलाई मत दिन नपाउने भएका छन्। भोट दिन नपाउनेमा तीन वटा राजनीतिक दलका अध्यक्ष, विभिन्न दलका शीर्ष नेतादेखि अन्य उम्मेदवार छन्। प्रतिनिधिसभा सदस्यका उमेदवार एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्र बहादुर केसीले आफैलाई भोट दिन […]