के ३१ अगस्टपछि पनि अफगानिस्तानबाट उद्धार हुन्छ ?

काठमाडौँ– तालिबानको कब्जापछि राजनीतिक उथलपुथल भएको अफगानिस्तानबाट विदेशी र अफगानी नागरिकहरुले काबुल छाडिरहेका छन् । अमेरिकी सेना पूर्णरुपमा अफगानिस्तानबाट फर्किने भएपछि अफगानिस्तान छाड्न चाहने अफगानी र विदेशी नागरिकको उद्धार कसरी हुन्छ भन्ने चासो बढेको छ । १५ अगस्टमा तालिबानले राजधानी काबुलमा कब्जा जमाएपछि विदेशी तथा अफगानीहरु भागिरहेको काबुल विमानस्थलको दर्दनाक दृश्यहरु देखिएका थिए । अहिले […]

सम्बन्धित सामग्री

दोहा हुँदै ८ नेपालीको अफगानिस्तानबाट उद्धार

काठमाडौँ– कतारको दोहा हुँदै ८ जना नेपालीलाई आइतबार अफगानिस्तानबाट काठमाडौं उद्धार गरेर ल्याइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार आइतबार नेपाल एयरलान्सको दोहा–काठमाडौँको नियमित उडानबाट थप ८ जना नेपाली स्वदेश फर्किएका छन् । ससँगै हालसम्म ७७८ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइपुगेको पररष्ट्र मन्त्रालयले जनाएको छ । अझै उद्धारको पर्खाइमा अफगानिस्तानको काबुलमा ३४ जना […]

अफगानिस्तानबाट उद्धार गरेर ल्याइएकालाई पाेलियाे खाेप

काठमाण्डाै – सरकारले अफगानिस्तानबाट उद्धार गरेर ल्याएका सबैलाई पोलियो खोप (थोपा) खुवाउने भएको छ । अफगानिस्तानबाट उद्धार गरी ल्याइएका र अब ल्याउने सबैलाई पोलियो खोप खुवाउने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिनुभयो । अफगानिस्तान पोलियो रोगको जोखिमयुक्त क्षेत्र भएकाले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) अन्तर्गत इन्टरनेशनल हेल्थ रेगुलेशन (आईएचआर) को सिफारिसअनुसार खोप दिन लागेको स्वास्थ्य सेवा विभागले जनाएको छ । अब आउनेहरूलाई होल्डिङ स्थलमै र घर गइसकेकाहरूलाई नजिकको स्वास्थ्य केन्द्रमा खोप...

अफगानिस्तानबाट उद्धार गरिएका सबैलाई पोलियो खोप दिइने

अफगानिस्तानबाट उद्धार गरेर ल्याएकाहरूलाई पोलियो खोप दिइने भएको छ ।  स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अफगानिस्तानबाट फर्किएका सबैलाई पोलियो खोप दिने सरकारले निर्णय गरेको जानकारी दिए ।  अफगानिस्तानमा फैलिएको पोलियो संक्रमणलाई दृष्टिगत गरेर यस्तो निर्णय गरिएको उनको भनाइ छ ।  साथै उनले नजिकको खोप केन्द्रबाट पोलियो खोप लिन सकिने जानकारी दिए ।

अफगानिस्तानबाट उद्धार गरेर ल्याइएका नेपालीलाई विमानस्थलमै पोलियो खोप लगाइने

काठमाडौं । अफगानिस्तानबाट उद्धार गरेर ल्याइएका नेपाली नागरिकलाई त्रिभुवन विमानस्थलमा पोलियो खोप लगाइने भएको छ । अफगानिस्तानबाट उद्धार गरिएका नागरिकलाई आजदेखि पोलियो खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाले जानकारी दिएको छ । नेपालमा ५ वर्षमुनिको बालबालिकालाई मात्र पोलियो खोप लगाइने गरेकामा अफगानिस्तान पोलियोको जोखिम रहेको देश हुनाले त्यहाँबाट उद्धार […]

अफगानिस्तानबाट उद्धार गरिएकी महिलाले जहाजमै बच्चा जन्माइन्

अफगानिस्तानबाट उद्धार गरिएकी एक महिलाले उडान पूरा नहुँदै सन्तान जन्माएकी छन्। अमेरिकी सैनिकको कार्गो विमानमा उद्धार गरिएकी महिलालाई उडानकै क्रममा बेथा लागेको थियो। काबुलबाट जर्मनीको रामस्टाइन एअर बेसका लागि उडेको विमानमा ती महिला थिइन्। उनलाई उडानकै बेला बेथा लाग्यो र रामस्टाइनमा विमान होल्डमा राखिएका बेला छोरी जन्माएको अमेरिकी वायु सेनाले जनाएको छ। उनलाई सुत्केरी गराउन […]

अफगानिस्तानबाट उद्धार गरिएका दीपेन शेर्पा भन्छन्– त्यहाँ स्थिति निकै डरलाग्दो छ

अफगानिस्तानबाट उद्धार गरेर दिल्ली ल्याइएकामध्ये एक व्यक्ति दीपेन शेर्पाले त्यहाँ स्थिति अत्यन्तै डरलाग्दो भएको बताएका छन् ।  भारतीय समाचार संस्था एएनआईसँग कुरा गर्दै उनले भने, ‘मानिसका लागि निकै जोखिमपूर्ण स्थिति छ । चारैतिर गोली चलिरहेको र बम पड्किरहेको छ । तालिबानलाई विश्वास गर्न सकिन्न । उनीहरू मान्छेलाई कुटपिट गरिरहेका छन् । हामी त्रासको स्थितिमा थियौं ।’

५०४  नेपाली नागरिकको अफगानिस्तानबाट उद्धार

अफगानिस्तानबाट नेपाली नागरिकहरूको उद्दार कार्य जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  आज टर्किस एयर तथा  जजिरा एयरको नियमित उडानबाट क्रमशः २६ जना र ९ जना गरी जम्मा ३५ जना स्वदेश फर्किएका छन् । यससँगै हालसम्म कूल ५०४ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुगेको मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आगमन पश्चात अध्यागमन लगायतका आवश्यक प्रक्रिया पूरा गरी सिसिएमसीको समन्वयमा उनीहरूलाई सामाखुसीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स

अफगानिस्तानबाट एक महिलासहित १२७ जना नेपालीकाे उद्धार, काठमाडाैँ आइपुगे

काठमाडौँ – तालिबानको कब्जामा आएको अफगानिस्तानबाट उद्धार गरिएका नेपालीहरुको पहिलो समूह काठमाडौँ आइपुगेको छ। अफगानिस्तानबाट उद्धार गरिएका एक महिलासहित १२७ जना नेपाली बोकेको विमान मंगलबार बिहान त्रिभूवन विमानस्थलमा अवतरण गरेको हो। नेपालीहरु जजिरा एअरलाइन्सको विमान मार्फत आएका हुन्। उनीहरु कुवेत हुँदै काठमाडौँमा आएका हुन्। अफगानिस्तानबाट उद्धार गरिएका नेपालीलाई दोहा, कुवेतलगायत देशमा लगेर राखिएकामा त्यहाँबाट काठमाडौँ […]

अफगानिस्तानबाट उद्धार गरिएका १२७ नेपाली काठमाडौं आइपुग्दै

काठमाडौं : अफगानिस्तानबाट उद्धार गरिएका नेपाली आज काठमाडौं आइपुग्दैछन्।  अफगानिस्तानबाट उद्धार गरेर कतारको दोहा र कुवेतमा लगेर राखिएका १ सय २७ जना नेपालीलाई स्वदेश ल्याउन लागिएको हो। उनीहरु आज विहान साढे १० बजे जजिरा एयरलाइन्सको विमान कुवेतबाट काठमाडौँमा अवतरण हुने नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। अफगानिस्तानमा विद्रोही तालिवानले सत्ता कब्जा गरेपछि उत्पन्न परिस्थितिपछि त्रासमा रहेका नेपालीलाई उद्धार गरेर स्वदेश फर्काउन लागिएको हो।