अफगानिस्तानबाट उद्धार गरिएका दीपेन शेर्पा भन्छन्– त्यहाँ स्थिति निकै डरलाग्दो छ

अफगानिस्तानबाट उद्धार गरेर दिल्ली ल्याइएकामध्ये एक व्यक्ति दीपेन शेर्पाले त्यहाँ स्थिति अत्यन्तै डरलाग्दो भएको बताएका छन् ।  भारतीय समाचार संस्था एएनआईसँग कुरा गर्दै उनले भने, ‘मानिसका लागि निकै जोखिमपूर्ण स्थिति छ । चारैतिर गोली चलिरहेको र बम पड्किरहेको छ । तालिबानलाई विश्वास गर्न सकिन्न । उनीहरू मान्छेलाई कुटपिट गरिरहेका छन् । हामी त्रासको स्थितिमा थियौं ।’