अफगानिस्तानबाट उद्धार गरिएका १२७ नेपाली काठमाडौं आइपुग्दै

काठमाडौं : अफगानिस्तानबाट उद्धार गरिएका नेपाली आज काठमाडौं आइपुग्दैछन्।  अफगानिस्तानबाट उद्धार गरेर कतारको दोहा र कुवेतमा लगेर राखिएका १ सय २७ जना नेपालीलाई स्वदेश ल्याउन लागिएको हो। उनीहरु आज विहान साढे १० बजे जजिरा एयरलाइन्सको विमान कुवेतबाट काठमाडौँमा अवतरण हुने नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। अफगानिस्तानमा विद्रोही तालिवानले सत्ता कब्जा गरेपछि उत्पन्न परिस्थितिपछि त्रासमा रहेका नेपालीलाई उद्धार गरेर स्वदेश फर्काउन लागिएको हो। 

सम्बन्धित सामग्री

अफगानिस्तानबाट थप ३२ नेपाली स्वदेश फर्किए

अफगानिस्तानबाट उद्धार भई बुधबार थप ३२ नेपाली स्वदेश फर्किएका छन् । कतार एयरको नियमित उडानबाट ३२ जना नेपाली स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । यससँगै हालसम्म कूल ८९५ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइसकेको मन्त्रालयको भनाइ छ ।  काबुलमा उद्दारको पर्खाईमा रहेका थप नेपालीलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको पनि मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानबाट थप १० नेपाली स्वदेश फर्किए

अफगानिस्तानबाट उद्धार भई थप १० नेपाली स्वदेश फर्किएका छन् । बुधबार साँझ फ्लाई दुबईको नियमित उडानबाट ६ जना र कतार एयरको नियमित उडानबाट २ जना तथा आज कतार एयरको नियमित उडानबाट २ जना  समेत गरी थप १० जना स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म कूल ८५७ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइपुगेको मन्त्रालयको भनाइ छ । काबुलमा उद्धारको पर्खाईमा रहेका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको पनि मन्त्रालयले जनाएको छ ।

थप ५ नेपाली अफगानिस्तानबाट काठमाडौंमा

अफगानिस्तानबाट थप ५ जना स्वदेश फर्किएका छन् । अफगानिस्तानबाट उद्धार भई आज कतार एयरवेजको नियमित उडानबाट उनीहरु काठमाडौं फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म कूल ८३३ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई नेपाल आइपुगेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । काबुलमा उद्धारको पर्खाईमा रहेका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको पनि मन्त्रालयले जनाएको छ । आगमन पश्चात कोभिड-१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्ड अनुसार क

अफगानिस्तानबाट हालसम्म ८२८ नेपाली स्वदेश आइपुगे

१४ भदौ, काठमाडौं । अफगानिस्तानबाट हालसम्म ८२८ जना नेपाली काठमाडौं आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार अफगानिस्तानबाट उद्धार भई आइतबार साँझ फ्लाई दुबईको नियमित उडानबाट ५ जना र टर्किस एयरको नियमित उडानबाट ४५ जना गरी थप ५० जना स्वदेश फर्किएका छन् । अफगानिस्तानको राजधानी काबुलमा उद्धारको पर्खाइमा रहेका थप नेपाली नागरिकहरुलाई स्वदेश फर्काउन आवश्यक समन्वय […]

दोहा हुँदै ८ नेपालीको अफगानिस्तानबाट उद्धार

काठमाडौँ– कतारको दोहा हुँदै ८ जना नेपालीलाई आइतबार अफगानिस्तानबाट काठमाडौं उद्धार गरेर ल्याइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार आइतबार नेपाल एयरलान्सको दोहा–काठमाडौँको नियमित उडानबाट थप ८ जना नेपाली स्वदेश फर्किएका छन् । ससँगै हालसम्म ७७८ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइपुगेको पररष्ट्र मन्त्रालयले जनाएको छ । अझै उद्धारको पर्खाइमा अफगानिस्तानको काबुलमा ३४ जना […]

अफगानिस्तानबाट मंगलबार १ सय १२ नेपाली स्वदेश आइपुगे

काठमाडौं : अफगानिस्तानबाट उद्धार भएर मंगलबार १ सय १२ जना नेपाली काठमाडौं आइपुगेका छन्। जोर्डन एभिएसनको उडानबाट १ सय ३ जना र कतार एयरको उडानबाट ९ जना नेपाली स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।मन्त्रालयका अनुसार मंगलबारसम्म ७ सय ७० जना नेपाली अफगानिस्तानबाट काठमाडौं आइपुगेका छन्। काठमाडौंमा अवतरणपछि कोरोना परीक्षण गरी उनीहरूलाई सिसिएमसीको समन्वयमा सामाखुसीस्थित सरकारी होल्डिङ सेन्टरमा राखिएको छ।अफगानिस्तानबाट उद्धार भएर दोहा, दुबई, लण्डन, र नयाँ दिल

अफगानिस्तानबाट उद्धार गरेर ल्याइएका नेपालीलाई विमानस्थलमै पोलियो खोप लगाइने

काठमाडौं । अफगानिस्तानबाट उद्धार गरेर ल्याइएका नेपाली नागरिकलाई त्रिभुवन विमानस्थलमा पोलियो खोप लगाइने भएको छ । अफगानिस्तानबाट उद्धार गरिएका नागरिकलाई आजदेखि पोलियो खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाले जानकारी दिएको छ । नेपालमा ५ वर्षमुनिको बालबालिकालाई मात्र पोलियो खोप लगाइने गरेकामा अफगानिस्तान पोलियोको जोखिम रहेको देश हुनाले त्यहाँबाट उद्धार […]

अफगानिस्तानबाट नेपाल आइपुगे १२७ नेपाली (फोटो फिचर)

काठमाडौं : अफगानिस्तानबाट उद्धार गरिएका १२७ जना नेपालीहरू काठमाडौं आइपुगेका छन्। अफगानिस्तानबाट उद्धार गरेर कतारको दोहा र कुवेतमा लगेर राखिएका उनीहरूलाई मंगलबार बिहान काठमाडौं ल्याइपुर्‍याइएको हो।नेपाली समयअनुसार बिहान सवा १० बजे जजिरा एयरलाइन्सको विमान कुवेतबाट काठमाडौँस्थित त्रिभुवन अन्‍तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।अफगानिस्तानमा विद्रोही तालिवानले सत्ता कब्जा गरेपछि उत्पन्न परिस्थितिपछि त्रासमा रह

अमेरिकाले अफगानिस्तानबाट उद्धार गरेका १२७ नेपाली स्वदेश आइपुगे

अफगानिस्तानबाट कतार हुँदै १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन्।उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कतारको दोहा पुर्याएको थियो। दोहाबाट कुबेत हुँदै उनीहरुलाई काठमाडौं ल्याइएको हो।

अफगानिस्तानबाट आइपुगे १२७ नेपाली

काठमाडौं : अफगानिस्तानबाट उद्धार गरिएका नेपालीलाई आज काठमाडौं ल्याइएको छ। अफगानिस्तानबाट उद्धार गरेर कतारको दोहा र कुवेतमा लगेर राखिएका १२७ नेपालीलाई आज बिहान स्वदेश ल्याइएको हो।नेपाली समयअनुसार बिहान सवा १० बजे जजिरा एयरलाइन्सको विमान कुवेतबाट काठमाडौँस्थित त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।अफगानिस्तानमा विद्रोही तालिवानले सत्ता कब्जा गरेपछि उत्पन्न परिस्थितिपछि त्रासमा रहेका नेपालीलाई उद्धार गरेर स