अफगानिस्तानबाट उद्धार गरेर ल्याएकाहरूलाई पोलियो खोप दिइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अफगानिस्तानबाट फर्किएका सबैलाई पोलियो खोप दिने सरकारले निर्णय गरेको जानकारी दिए ।
अफगानिस्तानमा फैलिएको पोलियो संक्रमणलाई दृष्टिगत गरेर यस्तो निर्णय गरिएको उनको भनाइ छ ।
साथै उनले नजिकको खोप केन्द्रबाट पोलियो खोप लिन सकिने जानकारी दिए ।