काठमाण्डाै – सरकारले अफगानिस्तानबाट उद्धार गरेर ल्याएका सबैलाई पोलियो खोप (थोपा) खुवाउने भएको छ । अफगानिस्तानबाट उद्धार गरी ल्याइएका र अब ल्याउने सबैलाई पोलियो खोप खुवाउने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिनुभयो । अफगानिस्तान पोलियो रोगको जोखिमयुक्त क्षेत्र भएकाले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) अन्तर्गत इन्टरनेशनल हेल्थ रेगुलेशन (आईएचआर) को सिफारिसअनुसार खोप दिन लागेको स्वास्थ्य सेवा विभागले जनाएको छ । अब आउनेहरूलाई होल्डिङ स्थलमै र घर गइसकेकाहरूलाई नजिकको स्वास्थ्य केन्द्रमा खोप...