नयाँ घडेरी किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

बसोबासका लागि हामीले त्यस्तो ठाउँ खोजिरहेका हुन्छौँ जहाँ दैनिक जीवनयापन गर्न सजिलो होस् । त्यसैले यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य जस्ता पूर्वाधारको राम्रो सुविधा भएको र रोजगारीको अवसर ज्यादा भएको ठाउँमा घर–घडेरी जोड्ने चाहना हुनु स्वाभाविक हो । घडेरी किनेर आफैँले घर बनाउँदा र अरूले निर्माण गरेको घर खरिद गर्दा हुने फाइदा–बेफाइदाका बारेमा अर्कै लेखमा छुट्टै चर्चा गरौँला, आज हामी घडेरी किन्दा ध्यान दिनैपर्ने निम्न कुराहरूका बारेमा छलफल गर्दैछौँ :१.पुँजी व्यवस्थापन तथा

सम्बन्धित सामग्री

फूलमा सम्भावना

कोरोना महामारीका समयमा घटेको फूलको कारोबार गत ३ वर्षदेखि बढिरहेको छ । आर्थिक वर्ष (आव) २०७५/७६ मा २ सय ४२ करोडको फूल कारोबार भएकामा आव २०७९/८० मा ३ सय ७ करोड रुपैयाँको कारोबार भएको छ । यसरी नेपालभित्रै फूलको बजार विस्तार भइरहेकाले नेपालमा पुष्प व्यवसायको सम्भावना निकै देखिएको छ । नेपालको आन्तरिक माग धान्न मात्र होइन, निर्यातसमेत गर्न सक्ने देखिन्छ । तर, त्यसका लागि पर्याप्त लगानी हुन सकेको छैन ।  नेपालको भौगोलिक बनोटका कारण प्राय: सबैजसो फूलको खेती हुन सक्छ । तराईको गर्मीदेखि हिमालको चिसोसम्मको हावापानी भएकाले फूलखेती गर्न उपयुक्त वातावरण रहेको छ । घरआँगन, भीरपाखा सबैतिर फूलखेती गर्न सकिने भए पनि फूलको व्यावसायिक खेतीको विस्तार पर्याप्त भएको देखिँदैन । कतिपय फूलका लागि त खेर गइरहेका सार्वजनिक जग्गा भए पुग्छ किनभने तिनका लागि उर्वर जमीन आवश्यक पर्दैन । आव ७९/८० मा रू. ६८ लाख बराबरको फूल तथा त्यससम्बन्धी वस्तुको निर्यात भएको देखिन्छ भने ३३ करोड बराकरको फूल आयात भएको देखिन्छ । नेपालमा सम्भावना भएर पनि त्यसको उपयोग गर्न नसकिएको क्षेत्रमध्ये फूलखेती पनि एक हो । त्यसैले फूलखेतीलाई प्रोत्साहन गर्न र यसलाई व्यावसायिक बनाउन आवश्यक देखिन्छ ।  सम्भावना भएर पनि फूलखेती फस्टाउन नसक्नुमा विभिन्न कारण देखिन्छन् । तिहारलाई लक्षित गरी फूलखेती निकै व्यापक देखिए पनि व्यावसायिक रूपमा यसको खेती निकै कम देखिन्छ । शहरी क्षेत्रमा खुलेका नर्सरीहरूको संख्या र कारोबार हेर्दा पनि यसलाई व्यावसायिक बनाउन बाँकी नै छ भन्ने देखिन्छ । अझ निर्यातको लक्ष्यसहित फूलखेती त शून्य बराबर नै छ भन्दा हुन्छ । संसारमा सबैभन्दा बढी फूल निर्यात गर्ने नेदरल्यान्ड्सजस्तै नेपालले पनि फूल निर्यात गर्न सक्छ । यसमा अनुसन्धान, बीउबीजनमा सहयोग तथा चिस्यानयुक्त ढुवानीका साधनको व्यवस्था आदि हुन भने आवश्यक छ ।  नेपालमा अहिले कृषिलाई पर्यटनसँग जोड्न थालिएको छ । तर, फूलखेतीलाई भने पर्यटनसँग जोड्न सकिएको छैन । काठमाडौं उपत्यकाका काँठ क्षेत्रमा फूलखेती हुने गरेको छ । तर, ती क्षेत्रका जग्गा घडेरी बन्न थालेसँगै फूलखेतीका लागि जग्गाको अभाव हुन थालेको छ । फूलखेती गर्न शहरी इलाका बाहिर प्रशस्त जग्गाजमिन उपलब्ध छ । तर, त्यहाँ उत्पादित फूल बजारसम्म पुर्‍याउन सक्ने अवस्था छैन । फूल चाँडै नै बिग्रने खेती हो । त्यसो हुँदा यसको ढुवानीका लागि चिस्यानयुक्त गाडीको आवश्यकता पर्छ । यस्तो गाडी महँगो हुने भएकाले फूलखेती गर्नेहरूले खरीद गर्न कठिन हुने देखिन्छ । ठूलो परिमाणमा निर्यातकै लागि फूलखेती गर्नेहरूले भने यो खरीद पनि गर्न सक्लान् । तर, यसले लागत निकै बढाउने हुँदा यसतर्फ व्यवसायीहरू लागेको पाइँदैन । सरकारले यस्तो रेफ्रिजरेशनसहितको गाडीको सुविधा उपलब्ध गराउन सहयोग गर्नुपर्ने देखिन्छ । यसो भयो भने दूरदराज क्षेत्र जहाँ जग्गा सहज रूपमा उपलब्ध हुन्छ त्यहाँ फूलको खेती हुन्छ र त्यसले बजार पनि सहजै पाउन सक्छ ।  नेपालमा वर्षेनि करीब १२ देखि १५ प्रतिशतसम्म फूलको बजार बढिरहेको छ । विशेष अवसरहरूका लागि चाहिने फूलको आयात गर्नुपर्ने बाध्यता छ । नेपालमै उत्पादनको सम्भावना भएर पनि यस्ता फूल आयात गर्नुपर्ने बाध्यता हुनु भनेको यसमा व्यावसायिकताको अभाव देखिनु हो ।  नेपालमा अहिले कृषिलाई पर्यटनसँग जोड्न थालिएको छ । तर, फूलखेतीलाई भने पर्यटनसँग जोड््न सकिएको छैन । चीनले फूलखेतीसँग पर्यटनलाई जोडेर दोहोरो लाभ लिएको छ । फूल पर्यटनको आधार बन्न सक्छ भन्ने कुरा त गोदावरी बोटानिकल गार्डेनमा आन्तरिक पर्यटकको संख्याले नै पुष्टि गरेको छ । यस्ता फूलहरूको बागवानी बनाएर विभिन्न किसिमका फूलको खेती गर्ने हो भने पर्यटनका साथै अन्य लाभ पनि लिन सकिन्छ । नेपालमा फूलखेती फस्टाउन नसक्नुको एउटा कारण बीउको सहज उपलब्धता नहुनु पनि हो । हाइब्रिड बीउ र टिस्यू कल्चर बिरुवा उत्पादन प्रविधि पर्याप्त नभएकाले फूलको उत्पादन बढ्न नसकेको हो । त्यस्तै व्यक्तिगत र व्यावसायिक रूपमा फूल उत्पादन गर्न चाहनेहरूलाई परामर्श र तालिम दिने संस्थाको अभाव पनि खट्किएको छ । आर्थिक–प्राविधिक सहयोग पनि उपलब्ध हुन सकेको देखिँदैन । आधुनिक प्रजनन विधिबाट माटो सुहाउँदा बीउहरू उत्पादन, भण्डारण र प्रशोधन आदि काम गर्ने हो भने फूलखेती पनि नेपालको आर्थिक रूपान्तरणमा निकै सहयोगी हुने देखिन्छ ।  निर्यातका लागि सम्भाव्य वस्तुको खोजी गर्दै तिनलाई व्यावसायिक बनाउनु आजको आवश्यकता हो । त्यस्तो वस्तुमा फूल पनि पर्छ । त्यसैले यसका लागि प्रविधि, पूँजीलगायतका पक्षमा ध्यान दिनु जरुरी देखिन्छ । उत्पादन बढाउन सके आयात प्रतिस्थापनका साथै निर्यातसमेत बढाउन सक्ने देखिन्छ ।

लगानी र लाभबीचको यात्रा

मानव जीवनमा उसको प्राणको अतिरिक्त सबैभन्दा प्यारो सन्तान, महत्त्वपूर्ण ख्याति र अनिवार्य कमाइ हो । त्यसमा पनि तरल सम्पत्तिलाई सबैभन्दा महत्त्वपूर्ण कमाइका रूपमा हेरिन्छ । जुनसुकै कमाइको मुख्य आधार लगानी हो । यद्यपि लगानीले नियमित रूपमा कमाइ दिन सक्दैन । उचित ठाउँमा गरिएको लगानी र त्यसको अभिवृद्धिका लागि गरिने निरन्तर प्रयासले मात्र उचित र नियमित कमाइ दिन सक्छ । लगानीका अनगिन्ती ठाउँ र उपाय छन् । ती उपायमध्ये सबैमा लगानी गर्नुपूर्व विशेष ध्यान पुर्‍याउनुपर्छ, सबै कुराको विश्लेषण गर्नुपर्छ र लगानी पछि पनि निरन्तर त्यसमा निगरानी गर्न सक्नुपर्छ ।  लगानीका विभिन्न क्षेत्र छन् । जस्तै : उद्योगधन्दा, कलकारखाना, सेवामूलक व्यवसाय, स्टार्टअप, उद्यमशीलता, शेयरबजार आदि । यीमध्ये जुनमा लगानी गरे पनि यसको उचित रेखदेख, उचित व्यवस्थापन र निरन्तर सुधारका लागि प्रयासरत रहेर मात्र सफलता पाउन सम्भव हुन्छ । कुनै पनि लगानीमा कमाइ हुन आन्तरिक तथा बाह्य वातावरणको संयोजन मिल्नैपर्छ, यसमा कुनै सन्देह रहेन । यसमा नेतृत्वको भूमिका ज्यादै निर्णायक हुन्छ ।  हामीमा प्राय: बाह्य वातावरणलाई दोष दिने, नेता र राजनीतिलाई दोष दिने चलन छ । वास्तवमा सफलता वा असफलताको मुख्यविन्दु आन्तरिक वातावरणबाट सृजित हुन्छ । बाह्य वातावरण सफलता वा असफलतामा निर्णायक छँदै छैन भन्न खोजिएको होइन तर कमजोरी हामीभित्र पनि छ, सुधार्नुपर्छ, सचेत हुनुपर्छ ।  शेयरबजारमा पनि लगानी गरेर प्रशस्त धन आर्जन गर्न सकिन्छ, त्यतिकै गुम्न पनि सक्छ । एउटै कम्पनीमा लगानी गरेर कसैले मनग्गे कमाउँछ र कोही त्यसै कम्पनीबाट डुब्छ भने लगानीकर्ताको आन्तरिक विश्लेषण क्षमताको अभाव हो । यसमा बाह्य वातावरणलाई दोष दिन पाइँदैन । पक्कै पनि व्यवसाय बाह्य वातावरणको पासोमा हुन्छ । अवसर वा चुनौती बृहत् वातावरणले सृजना गर्छ । सफल नाविकले हुरी र बतासका बीचमा डुंगालाई पार लगाउन सक्छ भने सही समयमा सही निर्णय नगर्नेले जहाज डुबाउँछ । वास्तवमा शेयरबजारमा गरेको लगानीले राम्रो प्रतिफल दिन जुन कम्पनीको शेयरमा हामीले लगानी गरेका हुन्छांै, त्यसको वित्तीय अवस्था स्वच्छ र प्रगतिउन्मुख हुनुपर्छ । सबै पक्ष हेरेर लगानी गर्नुपर्छ । पीई रेसियो, प्रतिशेयर आम्दानी, ननपरफर्मिङ सम्पत्तिको विश्लेषण गरेर लगानी गरे तापनि एकपटकको सही निर्णयले व्यवसायमा निरन्तर लाभ दिन सक्दैन । त्यसैले बजारमा लगानी गर्नेले उपयुक्त समयमा शेयर बेच्ने र अर्को कम्पनीको किन्ने क्षमता राख्नुपर्छ । एउटै कम्पनीको लगानीले ४ वर्षको अन्तरालमा कसैले त्यो कम्पनीको शेयरबाट घडेरी किन्छ, कोही घर बेचेर ऋण तिर्न बाध्य हुन्छ । यसमा समय र निर्णय क्षमताले ठूलो भूमिका खेलेको हुन्छ । लगानी गर्दा कम्पनी छनोट गर्दाको सतर्कताले नै मानिसलाई बजारमा सक्षम लगानीकर्ता बनाउँछ । यदि राम्रो कम्पनी छनोट गरिएन भने त्यसले बजारमा हरियाली हुँदाहुँदै पनि आफ्नोचाहिँ कम्पनीको अवस्था बिग्रिएको हुन्छ । कम्पनीको अवस्था परीक्षण कसरी गर्ने भन्नेबारेमा विभिन्न समस्या छन् आजभन्दा १ वर्षअगाडि लघुवित्त कम्पनीहरूको शेयर मूल्य १००० भन्दामाथि नै हुन्थ्यो आज कुनै लघुवित्त कम्पनी आईपीओ मूल्य रू. १०० भन्दा पनि तल झरेको अवस्था छ । सफलता वा असफलताको खेल नै यसैमा छ । कुन बेला कुन कम्पनीको शेयर थप्ने कुन बेच्ने सफलताको रहस्य यहाँनेर छ ।  लगानीले कति बेला कमाइ र सन्तुष्टि दिन्छ भनेर कसैको अनुभव, अर्ती अध्ययनले जानकारी दिन सक्दैन । त्यसले कसैको कहानी, लेख, किताब पढेर सफलताको सूत्र भेट्न सकिँदैन तर समयको अध्ययनले धेरै कुरा सिकाउन सक्छ ।  काममा निरन्तरता, सचेतता, वृद्धिको प्रयास गर्दै जाँदा जस्तो परिस्थिति आइलाग्छ त्यसैअनुसार निर्णय गर्दै जानुपर्छ । कुनै व्यवसाय ठीक वा बेठीक भन्ने केही हुँदैन । जसले आवश्यकताअनुसार उचित निर्णय लिएर परिस्थितिलाई सम्हाल्दै लैजान सक्छ उसलाई राम्रो हुन्छ, नसके बिग्रिन्छ । राजनीति र नोकरीमा सफलता पाउनु र आफ्नो व्यवसाय र लगानीमा सफल हुनु अलग विषय हुन् । राजनीतिमा समाज सेवामा कोही असफल भए पनि आफ्नो व्यक्तिगत लगानी डुबेर सडकमा आउनु पर्दैन । तर, व्यापार, व्यवसाय, शेयरबजारमा लगानी डुबेमा व्यवसायीको आत्महत्या गर्नुपर्ने अवस्था आउन सक्छ ।  त्यसैले सफलताको पनि एउटै परिभाषा हुँदैन र असफलताको एउटा मात्र कारण हुँदैन । व्यवसायलाई टिकाउन, लगानीलाई दिगो बनाउन र आम्दानीलाई कायम राख्न आर्थिक अनुशासन कायम राख्दै वित्त व्यवस्थापनमा सदैव सचेत हुनुपर्छ । कुनै पनि विषयको सफलताका लागि कुनै सूत्रात्मक तरीका छैन तर प्रक्रिया पालन गर्नुमा कुनै चुक हुनु हुँदैन । व्यक्तिलाई सबै सफलता आवश्यक छ तर राष्ट्र, समाज र मानवताका लागि व्यावसायिक सफलता बढी आवश्यकीय र अनिवार्य तत्त्व हो । त्यसैले व्यवसाय एक संस्था यसलाई असफल हुनबाट बचाउन त्यसको सञ्चालकले प्रयास त गर्नैपर्छ । राज्यले उद्यम र उद्यमीलाई डुब्नबाट बचाउने गरी नीति, रणनीति बनाउनुपर्छ ।  लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।

अभियान सम्पादकीय:  नयाँ तथ्यांकले देखाएको बाटो

राष्ट्रिय जनगणना २०७८ ले केही यस्ता तथ्यांक सार्वजनिक गरेको छ जुन नेपालका नीतिनिर्माताहरूलाई गम्भीर बनाउने खालको छ । तीमध्ये जनसांख्यिक परिवर्तन एक हो भने अर्को अर्थतन्त्रसँग सम्बद्ध रहेको छ । १० वर्षअघिको तथ्यांक र अहिलेको तथ्यांक तुलना गर्दा नेपालले नीतिगत परिवर्तन गर्नुपर्ने समेत देखिएको छ ।  नेपालमा १० वर्षभन्दा बढी उमेर भएका २ करोड ३९ लाख ५८ हजारमध्ये ३७ दशमलव ५ प्रतिशत नागरिक कुनै पनि आर्थिक काममा संलग्न नभएको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको छ । त्यस्तै नेपालमा अझै पनि ५० प्रतिशत नागरिक कृषि पेशामा संलग्न रहेका छन् । यसले अहिले पनि कृषि नै मुख्य पेशा रहेको दोखाउँछ तर पनि नेपालमा कृषिको अवस्था निकै कमजोर छ । ठूलो संख्या कृषिमा लाग्दा पनि गुजारा चलाउन सक्ने अवस्था छैन । यो किन भयो सरकारले मनन गरी सुधार गर्नुपर्छ । १० वर्षको अन्तरमा १० प्रतिशत जनसंख्याले कृषि पेशा छाडेको देखिन्छ । आर्थिक गतिविधि बढ्दै जाँदा कृषिमा लाग्ने जनसंख्या कम हुनु स्वाभाविकै हो तर उत्पादन र उत्पादकत्व हेर्दा यति धेरै जनसंख्या संलग्न पेशामा निकै समस्या छ भन्ने देखाउँछ । मुलुकको अर्थतन्त्रको विस्तार गर्न कृषिक्षेत्रमा सुधार ल्याउन जरुरी देखिन्छ । आधा जनसंख्याको पेशा बनेको कृषिमा सरकारले विनियोजन गर्ने बजेट र कार्यक्रम पर्याप्त देखिँदैन । बजेटमा परेका कार्यक्रमको प्रभावकारी कार्यान्वयन देखिँदैन भने राखिएका कार्यक्रम पनि उत्पादन बढाउन सहयोगी हुने खालको देखिँदैन । त्यसैले कृषिमा आधुनिकीकरण गरी बजारको समस्या हटाउन जरुरी देखिन्छ । जबसम्म उत्पादनको बजारीकरण प्रभावकारी हुन्न, किसानको लागत कम पार्ने उपाय अवलम्बन गरिँदैन तबसम्म कृषिबाट आर्थिक रूपान्तरण गर्न कठिन हुन्छ । तथ्यांकले देखाएको अर्को ठूलो चिन्ताको विषय भनेको जनसांख्यिक अवस्था र प्रवृत्ति हो । विश्वभरि नै सुविधाको खोजीका लागि गाउँबाट शहरतर्पm बसाइँ सर्ने प्रवृत्ति पाइन्छ । त्यो अन्यथा होइन । तर, नेपालमा भने पहाडका शहरबाट समेत तराईका क्षेत्रमा बसाइँ सराइ बढ्दो छ । हिमाली र पहाडी क्षेत्रमा जनसंख्या तीव्र गतिमा घटेको छ भने कुल जनसंख्याको ठूलो अंश तराईमा झरेको देखिन्छ । यसले तराईको खेतबारी घडेरी बन्न थालेको र कृषि क्षेत्रफल घट्न सक्ने सम्भावना देखाएको छ । अर्को, नेपालमा जनसंख्याको वृद्धिदर पनि निकै घट्दो दरमा रहेको देखिन्छ । १० वर्ष अघि जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेकामा अहिले त्यो घटेर शून्य दशमलव ९२ प्रतिशतमा खुम्चिएको छ । सरकारले जनसंख्या वृद्धिदर घटाउन लिएको नीतिले यसो भएको हो । तर, प्रौढको संख्या बढ्दै जाने र युवाको संख्या घट्दै जाने हो भने नेपालले जनसांख्यिकीय लाभ लिन नसक्ने देखिन्छ । अहिले युवा रोजगारीका लागि विदेशिएका छन् र तिनले पठाएको विप्रेषणले अर्थतन्त्रलाई ज्यान दिएको छ । देश समृद्ध नबन्दै प्रौढको संख्या बढ्दा भोलिका दिन नेपालको अर्थतन्त्र झनै समस्यामा पर्ने निश्चित जस्तै छ ।  अतः उत्पादनमूलक क्षेत्रको विकास गर्न र जनसांख्यिक सन्तुलन कायम गर्न विशेष ध्यान दिनुपर्ने देखिएको छ शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा नेपालको प्रगति सन्तोषजनक मानिए पनि आर्थिक गतिविधिमा भने नेपालको अवस्था कमजोर रहेको देखिन्छ । त्यसैले कृषिक्षेत्रको विकासका लागि विशेष अभियान नै चलाउनु आवश्यक देखिन्छ भने उद्योग–कलकारखानाको विस्तार गरी मुलुकभित्रै रोजगारी सृजना गर्नु पनि उत्तिकै जरुरी देखिन्छ । विगतमा सरकारले लिएका नीतिहरूले केकस्ता परिवर्तन ल्यायो र केकस्ता परिवर्तन ल्याउन सकेन तथा किन सकेन भन्नेमा गम्भीर अध्ययन जरुरी देखिएको छ । यसै आधारमा आगामी दिनमा योजना आयोग र सरकारले नीति तथा कार्यक्रम तय गर्नुपर्ने देखिन्छ । यस्ता तथ्यांकको आधारमा नयाँ योजना बन्न सके र सोहीअनुसार कार्यान्वयन भए मात्र राष्ट्रिय स्तरमा गरिएको जनगणनाको महŒव हुन्छ ।

फूलमा सम्भावना

निर्यातभन्दा आयात निकै बढी हुँदा नेपालको व्यापारघाटा डर लाग्दोसँग बढ्दै गए पनि निर्यातको सम्भावनाका क्षेत्र भने प्रशस्त देखिएका छन् । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट ताजा फूलमात्रै विश्वका सातओटा देशमा निर्यात भएको पाइन्छ । फूल निर्यात परिमाण र मूल्यका हिसाबले ज्यादै थोरै भए पनि सम्भावनाका दृष्टिले भने उच्च रहेको देखिन्छ । नेपालमा फूल र पर्यटनलाई सँगै जोड्न सकिएको छैन तर विश्व पर्यटन बजारमा यस्तो पर्यटनको सम्भावना निकै छ । नेपालमा कृषि पर्यटनको सम्भावना राम्रो भए पनि त्यसमा पर्याप्त काम हुन नसक्दा यसबाट लाभ लिन सकिएको छैन । नेपालमा अघिल्ला ५ वर्षका दाँजोमा पछिल्ला वर्षहरूमा फूलको निर्यात बढिरहेको छ । तर, १२ वर्ष अगाडिको तथ्यांक हेर्दा भने ताजा फूलको निर्यात निकै कम छ । सन् २००८ मा ६ लाख ४५ हजार ७४२ मेट्रिक टन ताजा फूल निर्यात भएकामा आव २०२१/२२ मा २ लाख ५१ हजार ९३३ मेट्रिक टन निर्यात भएको देखिन्छ । किन फूल निर्यात घट्यो र अहिले किन बढ्दै गएको छ भन्नेमा सरकारी निकायले कुनै चासो दिएको पाइँदैन । तर, नेपालको भौगोलिक बनोट, स्थानीय बजार र निर्यात आदिका दृष्टिले फूल खेतीको सम्भावना उच्च छ । अझ यसले मौरीपालनलाई समेत सहयोग गर्ने देखिन्छ । नेपालका मौलिक जातका फूलको स्थानीय मागलाई नै आफ्नो उत्पादनले धान्न सकेको छैन । सबैभन्दा बढी फूल खपत हुने चाड तिहारमा भारतबाट फूल आयात गर्नु परिरहेको छ । त्यस्तै भ्यालेन्टाइन डेका लागि मात्रै लाखौं रुपैयाँको गुलाफ आयात हुन्छ । भ्यालेन्टाइन डेका लागि नेपालबाट गुलाफ निर्यात गर्ने उद्देश्यसहित खेती थालिए पनि त्यसमा विविध समस्या रहेपछि निर्यात हुन सकेन । नेपालमा व्यावसायिक फूल खेतीको सम्भावना छ तर ढुवानीमा निकै ठूलो समस्या छ । ताजा फूल एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा वैलाउन नदिन तथा बिग्रन नदिन विशेष सवारीसाधनको आवश्यकता पर्छ । तर, त्यो व्यवस्था नहुँदा फूल विक्रीमा समस्या भएको छ । शहरी क्षेत्रका आसपासमा जग्गा घडेरी बन्दै गएकाले खेतीका लागि जग्गा पाउनै मुश्किल हुन्छ भने शहरबाट निकै टाढा खेती गर्दा ढुवानीमै समस्या छ । यो समस्या समाधान हुने हो र फूल उत्पादनलाई बजारसँग जोड्ने राम्रो संयन्त्र बनाउने हो भने नेपाल फूलमा आत्मनिर्भर बन्न सक्छ । नेपालमा १ अर्ब रुपैयाँभन्दा बढी फूलको कारोबार हुने गरेको आकलन गरिएको छ । वर्षेनि करीब १२ देखि १५ प्रतिशतसम्म फूलको बजार बढिरहेको छ । नेपालको बजारमा झन्डै ९० प्रतिशत उत्पादन स्वदेशी फूल रहेको बताइन्छ तर विशेष अवसरहरूका लागि चाहिने फूल भने आयात नै गर्नुपर्ने बाध्यता छ । त्यस्ता फूलको उत्पादन नेपालमै सम्भावना नभएको चाहिँ होइन । नेपालमा फूल र पर्यटनलाई सँगै जोड्न सकिएको छैन तर विश्व पर्यटन बजारमा यस्तो पर्यटनको सम्भावना निकै छ । नेपालमा कृषि पर्यटनकै सम्भावना राम्रो भए पनि त्यसमा पर्याप्त काम हुन नसक्दा यसबाट लाभ लिन सकिएको छैन । फूल पनि कृषि पर्यटनको एउटा अंग हुन सक्छ । चीनले फूल खेतीसँग पर्यटनलाई जोडेर दोहोरो लाभ लिएको छ । फूल पर्यटनको आधार बन्न सक्छ भन्ने कुरा त गोदावरी बोटानिकल गार्डेनमा आन्तरिक पर्यटकको संख्याले नै पुष्टि गरेको छ । यस्तो फूलहरूको बागवानी बनाएर विभिन्न किसिमका फूलको खेती गर्ने हो भने विभिन्न लाभ लिन सकिन्छ । व्यक्तिगत र व्यावसायिक रूपमा फूल उत्पादन गर्न चाहनेहरूलाई परामर्श र तालिम दिने, आर्थिक–प्राविधिक सहयोग गर्ने, यातायात–बजारको व्यवस्थापन, आधुनिक प्रजनन विधिबाट माटो सुहाउँदा बीउहरू उत्पादन गर्ने, भण्डारण र प्रशोधनको व्यवस्था गर्ने आदि पक्षमा ध्यान दिए फूलखेती पनि नेपालको आर्थिक रूपान्तरणमा एउटा महत्त्वपूर्ण अंग बन्ने सम्भावना छ । निर्यातका लागि सम्भाव्य वस्तुको खोजी गर्दै तिनलाई व्यावसायिक बनाउनु आजको अपरिहार्यता हो र यसका लागि फूल पनि एउटा वस्तु हुन सक्ने भएकाले यसतर्फ ध्यान जानु आवश्यक छ ।

आर्थिक समृद्धिमा प्राकृतिक स्रोत संरक्षण

आज विश्वमा जलावायु परिवर्तन मुख्य समस्याका रूपमा आइरहेको छ जसले गर्दा प्राकृतिक प्रकोप बढ्न गई मानव जातिमा प्रतिकुल असरसमेत परिरहेको छ । विश्वमा विकसित देशको विकासका नाममा तीव्र विनाशले हाम्रोजस्ता साना मुलुकसमेत यसको चपेटामा परिरहेका छन् । विश्वमा बढ्दो घना बस्ती तथा कलकारखानाबाट उत्पादित हरितगृह ग्यास उत्सर्जनले गर्दा ओजोन तहमा प्वाल पर्न गई सूर्यका हानिकारक विकिरण पृथ्विको सतहमा प्रवेश गरी तापक्रम वृद्धि भएको छ । यही कारण हिम शृंखला पग्लने, पानीको मुहान सुक्दै जाने, अल्पवृष्टि, अनावृष्टि, खडेरी, जमीनको मरुभूमीकरण, बाढीपहिरो, विनाशकारी एवं बेमौसमी आँधी र बाढी आउने, नदीनालाको सतह घटबड हुँदै जाने परिणाम देखापर्छ ।  हाम्रो देश नेपालमा २ दशकमा अनुचित भूमि प्रयोग तथा प्राकृतिक स्रोत उत्खननले कृषि कार्यमा कमी, पानीको संकट र प्लटिङ गरेर घडेरी बनाउन डाँडा काट्ने, सम्याउने आदि काम गरेर अन्न उत्पादन हुने उर्वरा भूमिको बलि चढाएका छाैं ।  वातावरण संरक्षण हावा, पानी, माटो आदि जैविक वस्तुहरूको अस्तित्वका लागि अति आवश्वयक हुन्छन् । यी जैविक वस्तुहरूमा भएको वातावरण विनाशको मात्राले पनि बृहत् रूपमा प्रभाव पार्छ । जीवजन्तु, वनस्पति र स्वयं मानिस पनि वातावरण विनाशको मात्राबाट अलग रहन सक्दैन । मानवको अस्तित्व उसको वरिपरिको वातावरण तथा पर्यावरण एवं परिस्थितिमा निर्भर गर्छ । मानिसको अस्तित्वका लागि वनजंगल, जल आदिमा पाइने प्राणी तथा वनस्पति आवश्यक हुन्छन् । वनजंगल, जल आदिको अस्तित्व संकटमा पर्नु भनेको मानव जीवन नै पूर्ण संकटमा पर्नु हो । मानिसको आफ्नो अस्तित्वका लागि प्रकृतिबाट धेरै वस्तु ग्रहण गर्छ, जुन वातावरणीय विकासबाट ग्रहण गर्नु राम्रो हुन्छ न कि वातावरणीय विनाशबाट ।  वातावरण विनाशबाट विश्वमा नै खडेरी पर्ने सम्भाना छ । प्रकृतिलाई सुहाउँदो वातावरण सृजना गरी आउँदो पुस्तालाई यो प्राकृतिक छटा जस्ताको त्यस्तै हस्तान्तरण गर्न आजको आवश्यकता हो । यसै सिलसिलामा बढ्दो मरुभूमीकरण र खडेरीविरुद्ध विश्व जगत्मा नै सचेतना बढाउने उद्देश्यले सन् १९९५ जुन १७ तरीखमा विश्व समुदायले विश्व खडेरीविरुद्ध संघर्ष दिवस मनाउँदै आएका छन् । सन् २०२१ को विश्व खडेरीविरुद्ध संघर्ष दिवसचाहिँ खाद्यान्न सुरक्षा, आय अनि जीवनयापनमा केन्द्रित भई पैरवी गर्ने बताइएको छ । विश्वमा मानवीय क्रियाकलाप अनि प्रकृतिसँग निरन्तर अविवेकी प्रयोग नै एक्काइसौं शताब्दीमा प्रकृतिले भोग्दै आएको समस्या हो । हाम्रो देशमा प्रकृतिमाथि भएको अविवेकी क्रियाकलापहरूबाट सृजित समस्या यहाँ प्रस्तुत गर्न सान्दर्भिक होला ।  सरकारले खानी तथा ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापारघाटा घटाउने उद्देश्यले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत योजना ल्याएको छ । सम्बद्ध निकायले ती ढुंगा, गिट्टी, बालुवा उत्खननका लागि पहिचान गरेको ९२ स्थानमध्ये धेरै स्थान चुरे क्षेत्र नजीक पर्ने भएकाले कालान्तरमा त्यसको कुप्रभावबाट वातावरण विनाश भई हाम्रो देशको अन्नको भण्डार तराई क्षेत्रमा प्रत्यक्ष प्रभाव पर्नेछ । यसबाट प्राकृतिक स्रोत माथिको दोहन बढ्दा पानीको स्रोत घटी पिउने तथा सिँचाइको पानीको अभाव भई खडेरी परी कृषि उपज उत्पादनमा ह्रास आउनेछ । यो त एक प्रतिनिधि घटना मात्र हो । माथि भनेजस्तै खडेरी वा मरुभूमीकरणको कुरा गर्दा प्राकृतिक स्रोतमा मानिसको अविवेकी प्रयोग नै एक्काइसौं शताब्दीमा प्राकृतिक स्रोत दोहनको मुख्य समस्या हो ।  खडेरीलाई प्राकृतिक असरका रूपमा पनि लिइन्छ । प्राकृतिक विनाशका कारण मौसममा व्यापक परिवर्तन भई भूमिमा उत्पादन घट्न गई भूमि क्रमशः अनुत्पादक भई खडेरी पर्न गई मरुभूमिमा परिणत हुँदै गरीबी बढाउँछ । प्राकृतिक स्रोत दोहनका कारण विश्व मानचित्रमा सबै देश खडेरी र मरुभूमीकरण ढिलोचाँडो जोखिममा छ भने हाम्रो देशमा पनि प्राकृतिक स्रोतको अविवेकी उत्खननले अझै जोखिममा छ । मलिलो उर्वर खेतीबाली भन्दा कंक्रिटको जंगल भई घडेरीको मोहमा कृषियोग्य जमीन नाश भएको छ । यसको उदाहरणको रूपमा मध्यपुर ठिमीको प्रसिद्ध तरकारी तथा धानखेती क्षेत्र मनोहरा फाँटलाई लिन सकिन्छ । वास्तवमा कृषि उपज क्षेत्र घडेरीमा परिणत गर्दा हामीले बहादुरी सम्झन्छौं । तर, खेतबारीको कृषि उपजको भरमा हामी बाँचेको भने हामीले बुझेर पनि बुझ पचाइरहेका छौं । यथार्थ कुरा तीतो हुन्छ । तैपनि वास्तविक कुरा उल्लेख गर्नु नै पर्छ । भूमिको वास्तविक प्रयोग कृषि उपज उत्पादन गर्नु हो । नेपाल एक कृषि प्रधान देश हो । यहाँ जैविक विविधता एवं प्राकृतिक छटाहरूको उद्गम स्थल रहेको छ । समुद्री सतहबाट ६०–८८४८ मिटर उचाइमा अवस्थित हाम्रो देश साँच्चै गर्व गर्नलायक छ । ६६ प्रतिशत जनसंख्या पूर्णरूपमा कृषिमा निर्भर रहेको छ जसमा देशको कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको करीब ३३ दशमलव ६ प्रतिशत योगदान रहेको छ ।  भूमाफिया र रियल इस्टेट व्यापारको वृद्धिसँगै भूमिमाथिको दुरुप्रयोग र भूउपयोगको गलत व्याख्याले विश्वभरमा ८१ करोडभन्दा बढी मान्छे खाद्यान्न संकटमा छन् । हाम्रो देश नेपालमा २ दशकमा अनुचित भूमि प्रयोग तथा प्राकृतिक स्रोत उत्खननले कृषि कार्यमा कमी, पानीको संकट र प्लटिङ गरेर घडेरी बनाउन डाँडा काट्ने, सम्याउने आदि काम गरेर अन्न उत्पादन हुने उर्वरा भूमिको बलि चढाएका छौं । हामीलाई थाहा नै छैन माटो, पानी, आकाश, अग्नि र हावा पञ्चतŒव संरक्षण गर्नुपर्छ भन्ने कुरा । थाहा पाए पनि बुझ पचाइरहेका छौं । विश्व खडेरी विरुद्ध दिवसको नारा ‘हाम्रो जमीन, हाम्रो घर र हाम्रो भविष्य’ रहेको छ ।  अतः प्राकृतिक स्रोत विनाश नहुनेगरी उपयोग गर्नुपर्छ । माटोलाई खनीखोस्री कृषि कर्ममा लागि खाद्य उत्पादनमा ध्यान दिनु साथै मरुभूमि होइन, हरियाली बनाउने वातावरणको आवश्यकता छ । जहाँ प्राकृतिक स्रोत संरक्षण हुन्छ, त्यहाँ कृषि उपज भई सबैको आर्थिक स्थिति सबल हुन्छ । त्यसैले प्राकृतिक स्रोत संरक्षण गरी खडेरी तथा मरुभूमि हुन रोक्नु आजको आवश्यकता हो । हरेक वर्ष जुन १७ मा मनाइने विश्व खडेरीविरुद्ध संघर्ष दिवसले सार्थकता पाउनेछ । डा. अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।