मनोहरा जग्गा एकिकरण आयोजना : काम शुरु भएको १८ वर्षपछि ५०० रोपनी जग्गा हस्तान्तरण हुँदै

पुस २७, काठमाडौं। मनोहरा जग्गा एकिकरण आयोजनाले दक्षिण भक्तपुरमा रहेको ५०० रोपनी जग्गा हस्तान्तरण प्रक्रिया अघि बढाएको छ । २०६० सालमा शुरु गरिएको २ हजार ३०० रोपनी क्षेत्रफलको जग्गा एकिकरण आयोजनाले १८ वर्षपछि पहिलो चरणमा ५०४ रोपनी जग्गा हस्तान्तरण गर्न लागेको हो । मनोहरा जग्गा एकिकरण आयोजनाका आयोजना प्रमुख निर्मल राज बरालले भक्तपुरमा अरनिको राजमार्गबाट दक्षिणतर्फको ५०४ रोपनी जग्गा हस्तान्तरणको प्रक्रिया शुरु भइसकेको जानकारी दिए । ‘तत्कालिन समयमा स्थानीय सरकार नभएकाले उपभोक्ता समितिलाई आयोजना हस्तान्तरण गर्ने निर्देशिका रहेको थियो’, बरालले आर्थिक अभियानलाई भने, ‘अहिले स्थानीय सरकार आइसकेको अवस्थामा स्थानीय सरकारलाई नै हस्तान्तरण गर्नुपर्ने भएकाले निर्देशिका संशोधनका निर्णय गरेर मन्त्रालयमा पठाएका छौ ।’ शहरी विकास मन्त्रालयले जति छिटो निर्देशिका संशोधन गर्छ त्यति नै छिटो भक्तपुरमा अरनीको राजमार्गबाट दक्षिणतर्फ रहेको जग्गा हस्तान्तरण हुने बरालले बताए । दक्षिण तर्फ ५०४ रोपनी जग्गामा गरिएको जग्गा विकास कार्यक्रमबाट ९३ रोपनी बराबरको सडक निर्माण गरिएको छ । २०२१ सालको नापी अनुसार भने यो क्षेत्रमा ३ रोपनी बराबरको मात्रै बाटो थियो । आयोजनाले जग्गा एकिकरण गरेर विकास गर्दा आयोजनाको लागि छोड्नुपर्ने ४ प्रतिशत जग्गाबाट करिब २० रोपनी जग्गा पाउनुपर्ने भएपनि नरेफाँटमा खोला फर्काउन नदिएपछि १८ रोपनी जग्गा मात्रै लिएको बरालले बताए । त्यो मध्ये खुल्ला क्षेत्र अन्तर्गत पर्ने ८ रोपनी जग्गा बाल आँखा अस्पताललाई दिएर करीब १० रोपनी जग्गा मात्रै आयोजनाले लिएको उनले बताए । ८ रोपनी जग्गामा विकास भएका घडेरी प्लटहरु मध्ये एउटा बाहेक सबै विक्री वितरणसमेत भइसकेका छन् । उक्त एउटा घडेरी पनि २/३ जना व्यक्तिले लालपूर्जा नलिएका कारण बाँकी राखिएको हो । ९५ प्रतिशतभन्दा धेरै जग्गा धनीहरुले आफ्नो पूर्जा लिइसकेकोले दक्षिणतर्फको आयोजना हस्तान्तरण प्रक्रियामा गएको हो । बाँकी रहेको १ हजार ८०० रोपनी जग्गामा भने सबै ठाउँमा बाटोसमेत छुट्ट्याइएको छैन । दिव्यश्वरी ६ र ७ मा बाटो खोल्नै बाँकी रहेको छ । काठमाडौंतर्फको जग्गामा पनि भरखरै बाटो खोलिएको छ । अहिले बाटो खोलिएको ठाउँमा ग्रावेल गर्ने, ढल निकाल्ने र पर्खाल लाउने कामका लागि १/२ दिन भित्रै टेण्डर आह्वान गर्ने निर्णय भएको बरालले बताएका छन् । यो पनि पढ्नुस- मनोहरा जग्गा एकिकरण आयोजनाले घडेरी विक्री गर्दै, प्रतिआना २० लाख रुपैयाँदेखि शुरू  प्लटिङले सखाप हुँदै उपत्यकाका डाँडा : डाँडा काटेर खोलानाला पुर्दै, घर नबन्ने ठाउँमा पनि प्लटिङ गर्दै काठमाडौंबाट १५ किलोमिटर टाढा रहेको गोदावरीमा किन आकासियो जग्गाको भाउ ? काठमाडौंमा अहिले पनि पाइन्छ प्रतिआना ५ लाखमै जग्गा, तर किन्नु अघि यी कुरामा ध्यान नदिए फसिन्छ ! आनाको ५ देखि १० लाखमै जग्गा पाइने उपत्यकाका यी ठाउँ, सबैको रोजाइमा परेपनि किन छन् सुनसान ?

सम्बन्धित सामग्री

अरुण तेस्रो आयोजना पावर हाउसको काम एक महिनादेखि ठप्प

संखुवासभा : संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेश मार्गका बासिन्दाको आन्दोलनका कारण एक महिनादेखि ठप्प छ। गत भदौ १६ गते देखि अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवेश मार्गका मुआब्जा पीडितले आन्दोलन गरिरहेका छन् । आयोजना विकास सम्झौता (पीडीए) मा स्थानीयको अवरोधका कारण काम रोकिए दैनिक पाँच करोड रुपैयाँ नेपाल सरकारले क्षतिपूर्ति ब्यहोर्नु पर्ने शर्त उल्लेख गरिएको छ। एक महिनादेखि  बन्द हुँदा डेढ अर्ब रुपैयाँ भन्दा बढी राज्यलाई क्षति पुगे

जापानमा काम गर्न चाहनेका लागि वैदेशिक रोजगार मेला आयोजना हुने

काठमाण्डौ – जापानमा काम गर्न चाहने विदेशी नागरिकलाई लक्षित गर्दै जापानको अध्यागमन सेवा विभागले वैदेशिक रोजगार मेला २०२२ आयोजना गर्ने भएको छ । आउँदो मंसिर १० र ११ (नोभेम्बर २६ र २७) गते अनलाइन माध्यममार्फत जापानले वैदेशिक रोजगार मेला आयोजना गर्न लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मेलामा विशेष सीप प्रणाली (एसएसडब्लु) र रोजगारदाता कम्पनीको बारेमा जानकारी दिइने छ ।  रोजगार मेलामा सहभागी हुन कुनै पनि शुल्क लाग्ने छैन । मेलामा हुने सबै कार्यक्रमहरूमा निःशुल्क दर्ता हुन सकिनेछ ...

कपन–बूढानीलकण्ठ डुवान नियन्त्रणका लागि सरकारले छुट्टै आयोजना बनाएर काम गर्ने

सहरी विकासमन्त्री मेटमणि चौधरीले धोबी खोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुवान नियन्त्रणका लागि सरकारले छुट्टै आयोजना बनाएर काम गर्ने बताएका छन् ।आइतबार प्रस्तावित धोबीखोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुवान नियन्त्रण आयोजना सम्बन्धित अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले सरकारले धोबीखोला कोरिडोर निर्माणका लागि अब बस्ने मन्त्रिपरिषद्ले छुट्टै आयोजना बनाउने प्रस्ताव पास गर्ने बताए । मन्त्री […]

काम गर्न नसकेर सरकारले विकासे आयोजना काट्यो : ओली

दैलेख : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको काम गर्ने क्षमता, दक्षता नभएका कारण आफ्नो सरकारको पालामा अघि बढाइएका विकासे आयोजना कटौती गरेको आरोप लगाएका छन्।पार्टी प्रवेश तथा चुनावी सभामा सहभागी हुन् जुम्ला र कालिकोट जाने क्रममा दैलेखको दुल्लुमा एमाले दैलेखले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफ्नो सरकारले ग्रामीण भेगको विकासका लागि २ सय १० वटा बाटाहरू शिलान्यास गरेको भए पनि अहिलेको सरकारको काम गर्ने क्षमता नहुँता कटौती गरेको बताए।उनले भने,

पुनःनिर्माणको बाँकी काम आयोजना कार्यान्वयन एकाइले गर्ने

अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले गर्दै आएको भूकम्पपछिको पुनःनिर्माणको काम जिल्ला आयोजना कार्यान्वयन एकाइ (आवास तथा भवन) कार्यालयले गर्ने भएको छ ।यही भदौ ३० गते जिमालीका आयोजना प्रमुख भरतप्रसाद आचार्यले आवास तथा भवन एकाइका जिल्ला आयोजना प्रमुख टङ्कप्रसाद गौतमलाई कार्यालयमा रहेको भौतिक (जिन्सी) सामग्री हस्तान्तरण गरे। विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति पु¥याएका निजी आवास तथा सार्वजनिक सम्पदाको पुनःनिर्माण राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गर्दै आएको थियो । प्राध

पुनःनिर्माणको बाँकी काम आयोजना कार्यान्वयन एकाइले गर्ने

सिन्धुपाल्चोक- अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले गर्दै आएको भूकम्पपछिको पुनःनिर्माणको काम जिल्ला आयोजना कार्यान्वयन एकाइ (आवास तथा भवन) कार्यालयले गर्ने भएको छ । यही भदौ ३० गते जिमालीका आयोजना प्रमुख भरतप्रसाद आचार्यले आवास तथा भवन एकाइका जिल्ला आयोजना प्रमुख टङ्कप्रसाद गौतमलाई कार्यालयमा रहेको भौतिक (जिन्सी) सामग्री हस्तान्तरण गर्नुभयो । विसं २०७२ वैशाख १२ गते गएको […]

दुई ठूला आयोजना :  गफ बढी, काम सुस्त

कञ्चनपुर - २०६२/०६३ सालको जनआन्दोलन सकिएसँगै कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउने प्रस्ताव तत्कालीन सरकारले अघि सार्यो । भारतसँग सिमाना जोडिएको दोधारा चाँदनीमा देशकै आर्थिक विकासमा टेवा पुग्ने आयोजना बन्ने खबरले हर्षित सुदूरपश्चिमवासीको यो चाहना भने दशक नाघिसक्दा पनि सुरुआत हुने तरखर छैन । सुरुमा दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा स्थापना गर्ने योजनासहित काम अघि बढे पनि त्यहाँ स्थानीयले विस्थापित हुने डर र उनीहरुको अवरोधका कारण प्रभावित बन्यो । केन्द्रबाट आउने अनुगमन र उच्चस्तरका पदाधिकारीले स...

बागलुङको काठेखोलामा निर्माणाधीन खानेपानी आयोजना अलपत्र

गलकोट । बागलुङ नगरपालिका–३ काठेखोलामा निर्माणाधीन खानेपानी आयोजना अलपत्र परेको छ । काठेखोलाबाट लिफ्ट गरेर सञ्चालन गर्ने गरी काम शुरु भएको जिल्लाकै ठूलो लिफ्ट खानेपानी आयोजना अलपत्र परेको हो । आयोजना पूरा नहुँदा बागलुङ नगरपालिकामा खानेपानीको हाहाकार छ । दुई वर्षमा सक्ने गरी निर्माण शुरु भएको यो आयोजना तीन वर्ष बित्दासमेत आधा मात्रै काम सकिएको […]

रोल्पाको खानेपानी आयोजना : म्याद सकियो, काम सकिएन

रोल्पा। एक वर्ष अगाडि नै सकिनुपर्ने रोल्पा नगरपालिकाको लिवाङ खानेपानी आयोजना अझै सकिएको छैन। एशियाली विकास बैंक, नगर विकास कोष र स्थानीय समुदायको साझेदारीमा निर्माण भइरहेको खानेपानी आयोजनाले एक हजार ६० घरघुरीका करिब ५ हजारलाई सेवा पुग्ने योजना बनाएको छ। कोभिड–१९ महामारीका कारण समयमा काम सम्पन्न नभएको रोल्पा शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लीलाधर आचार्यले बताए।