जथाभावी प्लटिङ गरिएको जग्गा त किन्दै हुनुहुन्न ? अनुमति नलिई प्लटिङ गर्नेलाई कारबाही गरिदै

पुस १९, काठमाडौं। उपत्यकाभित्र जथाभावी जग्गा प्लटिङ हुन थालेपछि काठमाडौं उपत्यका विकास प्राधिकरणले कारबाही प्रक्रिया अघि बढाएको छ। उपत्यकाभित्र विभिन्न ठाउँमा अनुमति नलिई जथाभावी जग्गा प्लटिङ गरिरहेको भन्दै त्यस्ता जग्गा किन्नु अघि ध्यान पुर्‍याउन पनि प्राधिकरणले आग्रह गरेको छ। सरकारी नियकायबाट अनुमति लिएर सामुहिक आवास योजना सञ्चालन गरिरहेका सञ्चालकहरुले ७ दिन भित्र आयोजनास्थलमा बोर्ड राख्न काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय ललितपुरले निर्देशन दिएको छ। बोर्डमा विकासकर्ता डेभलपर्सको नाम, सम्पर्क नम्वर, योजनाको कुल  क्षेत्रफल र योजना अनुमति लिएको मिति प्रस्टसँग देखिने गरि योजना स्थलमा होडिङ बोर्ड राख्न प्राधिकरणले निर्देशन दिएको हो । उपत्यका विकास प्राधिकरणबाट अनुमति नलिई अव्यवस्थित तवरले जग्गा प्लटिङको काम भइरहेकोले घडेरी खरिद गर्दा विकास प्राधिकरणबाट अनुमति लिए/नलिएको एकिन गरेर मात्रै खरीद गर्न पनि जिल्ला आयुक्तको कार्यालय ललितपुरले आग्रह गरेको छ। अनुमति नलिई जग्गाको प्लटिङ गरिरहेका व्यक्ति तथा संस्थामाथि कारबाही प्रक्रिया अघि बढाईएको पनि आयुक्तको कार्यालयले बताएको छ।

सम्बन्धित सामग्री

अनुमति नलिएका २ सय बढी प्लटिङका जग्गा किनबेचमा प्रतिबन्ध !

काठमाडौँ उपत्यकामा अनाधिकृत प्लटिङ बढेपछि जग्गा रोक लगाउने अवस्था सिर्जना भएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले अनुमति नलिई भईरहेका प्लटिङको जग्गा रोक लगाउने तयारी थालेको हो । प्राधिकरणले अनुमति नलिई गरिएका २ सय बढी प्लटिङका जग्गा रोक्का राख्न सुक्ष्म तयारी गरिरहेको बताएको छ । भक्तपुर र ललितपुर २ सय भन्द्या बढी ठाउँमा बिना अनुमति प्लटिङ भईरहेको पाईएको प्राधिकरणले जनाएको छ । यी ठाउँको जग्गा तत्काल रोक्का राखिने छ । कित्ता नम्बर खोजिँदै उपत्यका विकास प्राधिकरणले अनुमति नलिई प्लटिङ भईरहेका ठाउँको जग्गाको कित्ता खोज्ने काम गरिरहेको छ । यसका लागि छुट्टै टोली नै बनाएर खटाईएको प्राधिकरण स्रोतले बताएको छ । स्रोतका अनुसार कित्ता नम्बर खोज्न खटाईएको टोलीका सदस्यहरुको विवरण गोप्य राखिएको छ । यो टोलीले धेरै ठाउँको कित्ता नम्बर फेला पारिसकेको छ ।सबै ठाउँको कित्ता नम्बर भेटिएपछि एकुमष्ट रुपमा सम्बन्धित जिल्लाको जिल्ला मालपोत कार्यालयलाई पत्राचार गरेर जग्गा रोक्का राखिने छ । ‘मापदण्ड पूरा गरे फुकुवा गरिदिन्छौँ’प्राधिकरणले अनाधिकृत प्लटिङको जग्गा तत्काल रोक्का राखेपनि डेभलपर्सहरुले तोकिएको मापदण्ड पूरा गरे पछि फुकुवा गरिदिने जनाएको छ । मापदण्ड अनुसार ५ प्रतिशत खुला ठाउँ र २० फिटको बाटो कायम गरेर आए रोक्का राखेपछि पनि फुकुवा गरिदिने प्राधिकरण स्रोत बताउँछ । तर, यदि मापदण्ड पूरा गर्न नसकेको खण्डमा भने रोक्का राखिएका प्लटिङको जग्गाको किनबेचमा पूणर्रुपमा बन्देज लगाईनेछ ।अहिले अधिकांश प्लटिङमा जम्मा १३ फिटको मात्रै बाटो पाईएको प्राधिकरणको अनुभव छ ।

भक्तपुरका ९२ स्थानमा अनधिकृत प्लटिङ, जग्गा नकिन्न प्राधिकरणको आग्रह

भक्तपुर : भक्तपुरका विभिन्न स्थानमा अनधिकृतरुपमा जग्गाको प्लटिङ गरी घडेरी विकास गरेको पाइएको छ।काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय भक्तपुरले अनुगमनका क्रममा जिल्लाका ९२ स्थानमा अनधिकृत रुपमा जग्गा प्लटिङ भइरहेको पाइएको हो।प्राधिकरणले सार्वजनिक सूचना जारी गरी सूर्यविनायक नगरपालिकामा–११, मध्यपुर थिमि नगरपालिकामा–१ र चाँगुनारायण नगरपालिकामा ८० स्थानमा गरी कुल ९२ स्थानमा अनुमति नलिई अनाधिकृत रुपमा जग्गा प्लटिङ भइरहेको जनाएको हो।प्राधिकरणले अनुमति नलिई गरेका प्लटिङले

गोदावरी नगरपालिकाले अनुमति दिएपछि कति जग्गा खण्डीकरण गर्न पाइन्छ?

काठमाडौं : गोदावरी नगरपालिकाले पुष १७ गतेदेखि नगरभित्रका जग्गा खण्डीकरण तथा प्लटिङमा रोक लगाएको छ।नगरपालिकाको सूचनाअनुसार सम्बन्धित निकायको स्वीकृति भए स्वीकृति दिने निकायको स्वीकृतिपत्र, जग्गा के कति कारणले केका लागि खण्डीकरण गरेको वा प्लटिङ भए उपत्यका विकास प्राधिकरणको स्वीकृति प्लानिङ परमिट, अन्य प्रायोजनका लागि भए कारणसहित प्रतिवेदन पत्र प्राप्त मितिले ७ दिनभित्र यस नगरपालिकाभित्रमा उपस्थिति हुनुपर्नेछ।नगरपालिकाका प्रवक्ता मिलन सिलवालले भने, ‘अनुमति नलिई नगरपालिकाभि

गोदावरी नगरपालिकाले जग्गा प्लटिङ रोक्यो

काठमाडौं : गोदावरी नगरपालिकाले  जग्गा खण्डीकरण (प्लटिङ) गर्न रोक लगाएको छ।अनुमति नलिई नगरपालिकाभित्रका सार्वजनिक जग्गा,राजकुलो,धार्मिक स्थल लगायत जग्गामा डोजर चलाउँदा गाउँ समाजलाई समेत असर पुगेको भनी जनगुनासो आएको भन्दै नगरपालिकाले एक सूचना जारी गरी रोक लगाएको जानकारी दिएको हो।सूचनाअनुसार नगरपालिकाभित्र अब अनाधिकृत रुपले जग्गा प्लटिङ गर्न पाइने छैन। ‘सम्बन्धित निकायको स्वीकृति भएको भए स्वीकृति दिने निकायको स्वीकृति पत्र, जग्गा, के कति कारणले केका लागि खण्डीकरण? वा प्लटिङ भए उपत्यका वि