पाल्पा : पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि डेढ करोड बजेट विनियोजन भएको छ। नेपाल सरकार अर्थ मन्त्रालयबाट मंगलबार एक करोड ५० लाख बजेट विनियोजन भएको छ। पाल्पा अस्पतालको माग र संघीय संसद् तथा पूर्वमन्त्रीहरू दलबहादुर राना र सोमप्रसाद पाण्डेको विशेष पहलमा बजेट प्राप्त भएको हो।
दोस्रो लहरको रुपमा फैलिएको कोभिड–१९ महामारीले पाल्पामा पनि भयावह स्थिति सिर्जना भएको छ। सक्रिय संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ। ६० भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्। अक्सिजनकै कारण थप कसैले ज्यान गुमाउन नपरोस् भनेर जि...