ब्यापक आलोचना पछि आफनै तलवबाट -यापर यम वुद्धको शालिक बनाउने घोषणा गरेका काठमाण्डौका मेयर बालेन्द्र साहले अन्ततः यमवुद्धको नाममा पार्क निर्माण गर्ने र त्यसका लागि महानगरकै पैसा खर्च गर्ने भएका छन् ...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिकाका नवनिर्वाचित मेयर गोपाल राय र निवर्तमान उपमेयर कान्तीदेवीसहित तत्कालीन वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले लाल बकैया नदीको ठेक्का सम्बन्धमा भएको नगर कार्यपालिका बैठकको निर्णय कार्यान्वयन नगरेको, सबैभन्दा बढी वोलकवोल गर्ने ठेकदारले सम्झौता गर्न इन्कार गरेपछि नियमविपरित काम […]
स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा दोलखाको भीमेश्वर नगरपालिकाले जनतासँग मेयर र उपमेयरका नाममा आफुनिकट कार्यकर्ताहरुलाई डेढ करोड बजेट वितरण गरेपछि तालबन्दी सहितको आन्दोलन सुरु भएको छ । भीमेश्वरका मेयर भरत...
काठमाडौँ । दाङका ठेकेदार अनुप पाण्डेविरुद्ध डेढ करोड ठगी गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ । पाण्डेविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरिएको प्रहरी स्रोतले जनाएको छ । पाण्डे तुलसीपुर उपमहानगरपालिकाका मेयर एवम् एमाले नेता घनश्याम पाण्डेका छोरा हुन् । उनीविरूद्ध नेकपा एमाले घोराही उपमहानगरपालिकाको इन्चार्ज गेहेन्द्र बस्नेतले नै उजुरी दर्ता गराएका हुन् । घोराही–तुलसीपुर सडक […]
१६ माघ, दाङ । दाङमा डेढ करोड ठगी गरेको आरोपमा एक निर्माण व्यवसायीविरुद्ध प्रहरीमा उजुरी परेको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी अनुप पाण्डेले आफूसँग डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका हुन् । निर्माण व्यवसायी पाण्डे तुलसीपुर मेयर घनश्याम पाण्डेका छोरा हुन् । व्यवसायी बस्नेतले घोराही–तुलसीपुर सडक निर्माणको […]