काठमाडौं महानगरले नयाँ गाडी नकिन्ने

१८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले अहिले आफूसँग भएकै सवारी साधनलाई ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ बनाउने भएको छ । नयाँ जनप्रतिनिधि चयन भएपछिको पहिलो नगर कार्यपालिका बैठकले काठमाडौं महानगरपालिका भित्रका सडकका खाल्डाखुल्डी पुर्नका लागि एक हप्तामा ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ सञ्चालन गर्ने निर्णय गरेको थियो । ‘भौतिक पूर्वाधार एम्बुलेन्स’का लागि सवारी साधन किन्ने तथा भाडामा लिने प्रक्रिया […]

सम्बन्धित सामग्री

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

२५ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको छ । अधिकारी चढ्ने गाडी मेयर बालेन शाहको सचिवालयको निर्देशनमा बुधबार अधिकारीको घरबाट काठमाडौं प्लाजास्थित कार्यालयमा ल्याएर राखिएको एक कर्मचारीले बताए । ‘उहाँको राष्ट्रिय सभागृहमा भएको कार्यालयमा ताला लगाएपनि काठमाडौं प्लाजा तर्फ ताला लगाएको थिएन तर उहाँलाई नआउन […]

दशैं बिदामा काठमाडौं महानगरको गाडी चलाउन नपाइने

२ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैं र तिहार बिदाका बेला महानगरको नाममा दर्ता रहेका गाडी चलाएको पाइएमा कारबाही गर्ने भएको छ । महानगरपालिकाले बिदामा बसेका कर्मचारीले महानगरको गाडी चलाएमा कारबाही गर्ने बताएको हो । महानगरले जारी गरेको सूचनामा भनिएको छ ‘महानगरपालिकाको अत्यावश्यक काममा सवारी साधन प्रयोग गर्नुपर्दा महानगर क्षेत्रभन्दा बाहिर (दमकल, एम्बुलेन्स र फोहोर […]

इन्द्रजात्रा शुरु, यी ठाउँमा गाडी आवागमन प्रभावित हुने

काठमाण्डाै - इन्द्रजात्रा (याँया) को अवधिमा यही असोज ११ गतेदेखि काठमाण्डाैका विभिन्न सडकमा गाडी आवागमन प्रभावित हुने भएको छ । काठमाण्डाै महानगरले आज इन्द्रजात्राको अवधिमा आवागमन व्यवस्थापनसम्बन्धी एक सूचना प्रकाशित गरी असोज ११ गते वसन्तपुर, मरु, चिङकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म गाडी सञ्चालनमा रोक लगाएको हो ।  असोज १२ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेङ्गल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमान ढोका हुँदै वसन्तपुर क्...

निजी जग्गामा राखेका गाडी महानगरले उठाएपछि अनामनगर क्षेत्रमा तनाव

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले निजी जग्गामा राखेका गाडी उठाएपछि अनानगर क्षेत्रमा तनाव सिर्जना भएको छ ।  आज आइतवार महानगरपालिकाले काठमाण्डौको अनामनगर क्षेत्रमा निजी जग्गामा राखेका गाडी उठाएको हो । निजी जग्गा क्षेत्रभित्र राखेका दुई पाङ्ग्रे गाडी महानगर प्रहरीले उठाएपछि अहिले अनामनगर क्षेत्र तनावग्रस्त बनेको छ ।  महानगरपालिकाले ज्यादती गरेको भन्दै अहिले गाडी चालक विरोधमा उत्रिएका छन् । महानगरपालिकाले एक पटक एउटै र अर्को दिन अर्को निर्णय गरेर आफूहरूमाथि ज्यादती गरेको उनीहरूको भनाइ छ ...

महानगरले सडकमा पार्किङ गरिएका गाडी हटाउन थालेपछि बागबजारका व्यवसायी आन्दाेलित

काठमाण्डाै – काठमाण्डाैकाे बागबजारमा सडकमा पार्किङ गरिएका गाडी काठमाण्डाै महानगरपालिकाले हटाउन थालेको भन्दै स्थानीय व्यवसायी आन्दोलित भएका छन् ।  काठमाण्डाैकाे बागबजारमा सडकमा नै गाडी पार्किङ गर्ने गरिएको छ । काठमाण्डाै महानगरपालिकाले विगत केही दिनदेखि सडकमा पार्किङ गरिएका गाडी हटाउन थालेपछि आफूहरूलाई असहज भएको भन्दै व्यवसायी आन्दोलित भएका हुन् ।  आज बिहीवार व्यवसायीले व्यवसाय बन्द गरेर महानगरको कदमप्रति विरोध जनाएका छन् । महानगरले बागबजारको सडकमा कालोपत्र गरेको थियो । कालोपत्र गरिसकेपछि...

बन्चरेडाँडामा फोहोरका गाडी तोडफोड गरेको आरोपमा ६ जनाविरुद्ध उजुरी

काठमाडौँ । बन्चरेडाँडामा फोहोर बोकेका गाडी तोडफोड गरेको आरोपमा ६ जनाविरुद्ध उजुरी परेको छ । तोडफोड भएका भनिएका गाडी धनीले उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । ६ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ । अनुसन्धानकै क्रममा भएकाले उजुरी परेकाहरूको नाम भने भन्न नमिल्ने प्रहरीले जनाएको छ । काठमाडौँ महानगरले स्थानीय केही समूहले […]

फोहर बोक्ने गाडी तोडफोड गर्ने अपराधीलाई कडा कारबाही हुनुपर्छ : मेयर साह

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहर बोक्ने गाडी तोडफोड गर्नेलाई अपराधी भन्दै उनीहरूलाई कानुनअनुसार कडा कारबाही हुनुपर्ने बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर साहले तोडफोड गर्नेहरूबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनुपर्ने र यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरूसँग समन्वय गरिरहेको बताउनुभएको छ । उहाँले यो तोडफोडलाई फोहर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रूपमा बुझेको बताउनुभएको छ ।  सम्बन्धित समाचार ...

कुहिने र नकुहिने फोहोर घरमै नछुट्याए काठमाडौं महानगरले पाँच सय जरिवाना लिने

कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले कुहिने र नकुहिने फोहोरका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने महानगरले जनाएको छ।