काठमाण्डौ भित्रिने र बाहिरिने लामो तथा मध्यम दूरीका गाडी आजदेखि नयाँ बसपार्कबाट मात्रै छुट्ने

काठमाण्डाै - काठमाण्डाै भित्रिने र बाहिरिने लामो तथा मध्यम दूरीका गाडी आजदेखि नयाँ बसपार्क गोङ्गबुबाट मात्रै छुट्ने भएका छन् । काठमाण्डौ महानगरपालिकाले गएको १९ गते सार्वजनिक सूचना निकालेर आजदेखि नयाँ बसपार्कबाट मात्रै गाडी सञ्चालन गर्न भनेको थियो । यस्तै, महानगरपालिकाले नयाँ बसपार्कबाहिरका सबै टिकट काउन्टर हटाउन समेत निर्देशन दिएको थियो । नयाँ बसपार्कबाट मात्रै लामो तथा मध्यम दूरीका गाडी चले–नलचेको तथा बसपार्क बाहिरका टिकट काउन्टर हटाए/नहटाएकोबारे महानगरले अनुगमन समेत गर्दैछ । अनुगमनका क्रममा निर्दे...

सम्बन्धित सामग्री

सोमबारदेखि पुन वर्षा हुनसक्ने, धान काटेको भए आइतवारसम्म भित्र्याइसक्न अनुरोध

काठमाडौँ : बागमती र मधेस प्रदेशको धेरैजसो भूभागबाट यस वर्षको मनसुन बाहिरिएको छ। यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिसकेको मनसुन आजदेखि गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभाग तथा बागमती र मधेस प्रदेशका धेरैजसो भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।नेपालका बाँकी भूभागबाट केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाको भनाइ छ। मनसुन बाहिरिने क्रममा रहेको भए पनि पश्चिमी वायुको प्रभावका कारण पर्सी सोमबारदेखि बुधबारसम्म नेपालमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना छ।

मनसुन बाहिरिने क्रम सुरु

काठमाडौँ – यस वर्षको मनसुन आजबाट क्रमशः बाहिरिँदै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मनसुन बहिर्गमनसम्बन्धी विशेष मनसुन बुलेटिन निकालेर देशको प्रदेश नं १ बाहेकका प्रदेशबाट मनसुन बाहिरिएको जनाएको हो । ‘गत जेठ २२ गते नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको यस वर्षको मनसुन आजदेखि नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, […]

देशभर रुट परमिट खुला, बीमा र यान्त्रिक परीक्षण नभएका गाडीले रुट परमिट नपाउने

काठमाण्डाै - आजदेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि देशभर रुट परमिट खुला भएको छ । दशैँमा यात्रुको ओहोरदोहोरलाई सजिलो बनाउनका लागि रुट परमिट खुला गरिएको हो । यसरी एक रुटमा चल्ने गाडी अर्को रुटमा चल्दा दुर्घटनाको जोखिम धेरै हुने भएकाले आजदेखि गाडीको अनुगमन र यान्त्रिक परीक्षणमा कडाइ गरिएको छ । आजदेखि धेरै सङ्ख्यामा यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिने हुँदा परीक्षणमा कडाइ गरिएको हो । यान्त्रिक परीक्षण विना काठमाण्डाै उपत्यकाबाट बाहिरिने लामो तथा मध्यम दूरीका कुनै पनि गाडी चलाउन नपाइने ...

सवारीको यान्त्रिक परीक्षण आजदेखि

काठमाडौं । आज आइतबारदेखि लामो तथा छोटो दूरीका सवारी साधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको छ । दशैंको समयमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दूरीका सवारीसाधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको गृह मन्त्रालयले जनाएको छ । यान्त्रिक परीक्षणको व्यवस्थापन सम्बन्धित सवारी साधनको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग र यातायात […]

आजदेखि लामो तथा मध्यम दूरीका गाडीको यान्त्रिक परीक्षण गरिने

काठमाण्डौ - काठमाण्डौ उपत्यकाबाट बाहिरिने लामो तथा मध्यम दूरीका गाडीको आजैदेखि यान्त्रिक परीक्षण थालिने भएको छ । दुर्घटना न्यूनीकरणका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले आजदेखि मध्यम तथा लामो दूरीमा चल्ने गाडीको यान्त्रिक परीक्षण गर्नुपर्ने निर्णय गरेको थियो । यान्त्रिक परीक्षणको व्यवस्थापन सम्बन्धित गाडीको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग र यातायात व्यवसायीको समन्वयमा हुनेछ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले यान्त्रिक परीक्षण विना गाडी चलाउन नपाइने बताउनुभयो । यसैगरी यात्र...

काठमाडौंबाट बाहिरिने गाडीले यान्त्रिक परीक्षण गराउनुपर्ने

काठमाडौं।आजदेखि लामो तथा छोटो दुरीका गाडीको यान्त्रिक परीक्षण अनिवार्य गराउन पर्ने भएको छ।नागरिकता विधेयक प्रमाणीकरणको रिटमाथि आज सुनुवाइ हुँदै छ।निर्वाचन आयोगले आचारसंहिताबारे दलहरूसँग आज छलफल गर्दै छ।हनुमानढोका–स्वयम्भू सम्पदामार्ग निर्माणको शिलान्यास सम्पन्न भएको छ।नेपाल राष्ट्र बैंकले १२ अर्बको ट्रेजरी बिल जारी गर्ने भएको छ।

लामो तथा छोटो दुरीका गाडीको यान्त्रिक परीक्षण आजदेखि अनिवार्य

काठमाडौँ । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीका सवारी साधनले आजदेखि अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने भएको छ । दशैँको समयमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले सवारी साधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले रुट परमिट लिने बेला यान्त्रिक परीक्षण अनिवार्य गरिएको जानकारी दिए । उनका अनुसार यान्त्रिक परीक्षणको व्यवस्थापन […]

आजदेखि लामो तथा छोटो दुरीका गाडीको यान्त्रिक परीक्षण अनिवार्य

९ असोज, काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीका सवारी साधनले आजदेखि अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने भएको छ । दशैंको समयमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले सवारी साधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले रुट परमिट लिने बेला यान्त्रिक परीक्षण अनिवार्य गरिएको जानकारी दिए । उनका अनुसार यान्त्रिक […]

कमजोर हुँदै मनसुन

विगत केही दिन यतादेखि सक्रिय रहेको मनसुन क्रमशः कमजोर हुँदै जाने भएको छ । पूर्वी तराईको भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा आजदेखि नेपालबाट बाहिरिने क्रम सुरुआत भएकासँगै मनसुन विस्तारै कमजोर हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशको अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादे

आजदेखि 'लकडाउन' मा थप कडाइ, उपत्यका भित्रिने र बाहिरिने मुख्य नाकामा थप सक्रियता

काठमाण्डाै – सरकारले आज (मङ्गलबार) देखि लकडाउनलाई थप कडाइ गर्ने भएको छ । त्यसको लागि आजदेखि उपत्यका भित्रने र बाहिरिने मुख्ने नाकासँगै उपत्यकाभित्र पनि थप कडाइ गरिने गृह मन्त्रालयले जनाएको छ । सबै जिल्ला प्रशासन कार्यालयमा पनि यसबारे परिपत्र गरिएको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभयो ...