निजी जग्गामा राखेका गाडी महानगरले उठाएपछि अनामनगर क्षेत्रमा तनाव

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले निजी जग्गामा राखेका गाडी उठाएपछि अनानगर क्षेत्रमा तनाव सिर्जना भएको छ ।  आज आइतवार महानगरपालिकाले काठमाण्डौको अनामनगर क्षेत्रमा निजी जग्गामा राखेका गाडी उठाएको हो । निजी जग्गा क्षेत्रभित्र राखेका दुई पाङ्ग्रे गाडी महानगर प्रहरीले उठाएपछि अहिले अनामनगर क्षेत्र तनावग्रस्त बनेको छ ।  महानगरपालिकाले ज्यादती गरेको भन्दै अहिले गाडी चालक विरोधमा उत्रिएका छन् । महानगरपालिकाले एक पटक एउटै र अर्को दिन अर्को निर्णय गरेर आफूहरूमाथि ज्यादती गरेको उनीहरूको भनाइ छ ...

सम्बन्धित सामग्री

महानगरको मनपरी, जनविश्वास गुमाउँदै महानगर

काठमाडौं : काठमाडौंको अनामनगरमा महानगरको ज्यादतीविरुद्ध सर्वसाधारणले ४ घण्टा महानगरपालिकाको गाडी नियन्त्रणमा लिएका छन्।काठमाडौंको अनामनगर क्षेत्रमा आइतबार निजी जग्गामा राखिएका सवारीसाधन महानगरको टोलीले उठाएर गाडीमा राखेपछि त्यसको विरोधमा स्थानीयले मोटरसाइकल लोड गरेको महानगरको गाडीलाई नियन्त्रणमा लिएका हुन्।निजी निवासअगाडि छोडिएको व्यक्तिको जग्गाको एक लेनमा पार्किङ गर्न दिने यसअघिको सहमतिविपरीत महानगरको टोलीले सवारीसाधन उठाएपछि स्थानीय आक्रोशित बनेका थिए।स्थानीयले महानगरले निजी सम्पत्तिको प्

नगर प्रहरीले पार्किङबाट मोटरसाइकल उठाएपछि अनामनगरमा तनाव

३ पुस, काठमाडौं । ज्यादती गरेको भन्दै अनामनगरमा सर्वसाधारणले काठमाडौं महानगरपालिकाको गाडी ४ घण्टा नियन्त्रणमा लिएका छन् । आइतबार काठमाडौंको अनामनगर क्षेत्रमा निजी जग्गामा राखिएका सवारीसाधन महानगरको टोलीले उठाएर गाडीमा राखेपछि त्यसको विरोधमा स्थानीयले मोटरसाइकल लोड गरेको महानगरको गाडीलाई नियन्त्रणमा लिएका हुन् । अनामनगरस्थित सिंहदरबारको पूर्वी गेट अगाडिको सडक पेटीमा, आफ्नै पसलको सटरछेउमा राखिएका मोटरसाइकल […]