काठमाण्डाै - काठमाण्डौ महानगरपालिकाले नयाँ बसपार्क बाहिरका सबै टिकट काउन्टर हटाउन र नयाँ बसपार्कबाट मात्र यात्रुवाहक गाडी चलाउन निर्देशन दिएको छ ।महानगरले आज सार्वजनिक सूचना निकालेर आउँदो असार १ गतेदेखि नयाँ बसपार्कबाहिरका सबै टिकट काउन्टर हटाउन र नयाँ बसपार्कबाट मात्र यात्रुवाहक गाडी सञ्चालन गर्न भनेको हो ।महानगर क्षेत्रबाट काठमाण्डौ उपत्यका बाहिर चल्ने लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक गाडी नयाँ बसपार्कबाट मात्र छुट्ने गरी यसअघि भएको सहमतिको पालना गर्न महानगरपालिकाले जोड दिएको छ।यस्तै, अनधिकृत ठाउँमा पार्किङ गर्ने, ...