नागरिक-सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले नेपाली सेनाको नं.२८ बाहिनी अड्डा र नं.२८ फिल्ड एम्बुलेन्स गुल्मको सहकार्यमा रौतहटको राजपुर न.पा. ९ बैरिया स्वास्थ्य चौकीमा १ दिने नि:शुल्क स्वास्थ्य शिविर संचालन भएको छ । जसमा नेपाल औषधी उत्पादक संघ, सामाजिक विकास मन्त्रालय नं.२ प्रदेश, सैनिक अस्पताल पोखराको सहयोग एवं इन्द्रबक्स गणको संयोजकत्व रहेको थियो ।
उक्त स्वास्थ्य शिविरबाट महिला -११०, पुरुष -१०१ र बालबालिका ३२ जना गरि जम्मा २४३ जना सर्वसाधारणहरु लाभान्वित भएका छन् । सेना र आम नागरिक बीचको सम्बन्धलाई अझ प्रगाढ बन...