काठमाडौँ– लामो विवाद र छलफलपछि संसदले नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने विधेयक पारित गरेको छ। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले संविधानमा भएको व्यवस्थालाई जस्ताको त्यस्तै संशोधन विधेयकलाई पारित गरेको हो। नागरिकता संशोधन विधेयक पारित भएसँगै जन्मसिद्धका सन्तान र गैरआवासीय नेपालीले नागरिकता पाउने कानुनी बाटो खुलेको छ। जन्मसिद्धका आधारमा नागरिकता पाएकाका सन्तानले वंशजनको नागरिकता पाउने व्यवस्था […]