श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले गैरआवासीय नेपालीले नागरिकता पाउने सुनिश्चित भएको बताएका छन् । संविधानले नै गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक अधिकार प्रदान गरेको उल्लेख गर्दै सोहीअनुसार गैरआवासीय नेपाली नागरिकता सुनिश्चित गरिएको बताए । नागरिकता विधेयक संसदबाट पारित गरिसकेपछि केही समस्या आए पनि यसलाई प्रतिनिधिसभाले पुनः पारित गरिसकेको उनले बताए । आइतबार बस्ने राष्ट्रियसभाले पनि उक्त विधेयक पारित गर्ने र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा जाने उनले बताए ।&