काठमाडौं : सरकारले नागरिकता विधेयक पारित गरेपछि सत्तारुढ नेकपा (माओवादी केन्द्र)मा असन्तुष्टि बढेको छ। पाँच दलीय गठबन्धन जोगाउनकै लागि भन्दै एकपछि अर्को राष्ट्रिय मुद्दामा अडान छाडेपछि माओवादीमा असन्तुष्टि बढेको हो। सरकारले शुक्रबार संसदबाट नागरिकता विधेयक पास गरेपछि शनिबार जनकपुर पुगेका प्रचण्डले खुसी व्यक्त गरे। उनले अब नागरिकताको समस्यामा रहेका ६-७ लाख नेपालीले नागरिकता पाउने बताए। प्रचण्डले भने, ‘हिजो नागरिकता विधेयक संसदबाट पास भएको छ। अब