‘कोही पनि नागरिक नागरिकता प्राप्त गर्ने अधिकारबाट वञ्चित हुनुहुँदैन’

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ माथिको सैद्धान्तिक छलफल जारी रह्यो । उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदले कोही पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्ने अधिकारबाट वञ्चित हुन नहुने र कुनै पनि गैर नेपालीले नागरिकता प्राप्त गर्ने अवस्था ल्याउन नहुनेमा जोड दिए । पुष्पा भुसाल गौतमले नागरिकता विधेयक पारित भएपछि लामो […]

सम्बन्धित सामग्री

नेपाली नागरिकता लिने म्यानमारका नागरिक पक्राउ

आफू नेपाली नै भएको भनेर झुटो विवरण पेस गरी नागरिकता र राहदानी प्रमाणपत्र लिने म्यानमारका नागरिक मोहमद नुर आलम पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको...

कसरी सम्बोधन गर्ने नागरिकता विधेयक ?

आफ्ना नागरिक नागरिकता त्यागेर विदेशी नागरिकता लिन व्यग्र रहेको अवस्थामा हामीचाहिँ आफ्नो नागरिकता लिने व्यवस्थालाई झन् कसिलो बनाउन खोज्दै छौँ  राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्लाई नै फिर्ता पठाएको नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट...

नागरिकता विधेयक ‘अध्ययन गर्दै’ राष्ट्रपति

नागरिक अगुवाहरूसँग राष्ट्रपतिको जवाफ– समस्या झेलिरहेका नागरिकले नागरिकता पाउनुपर्छ, तर विधेयकले मुलुकको हित हुन्छ कि हुँदैन अध्ययन गरिरहेकी छु  संसद्का दुवै सदनबाट बहुमतले पारित भएको नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन)...

नागरिकता विधेयक राेक्न राष्ट्रपतिलाई नागरिक समाजको अनुरोध

काठमाडाैं : नागरिक समाजका अगुवाहरुले नागरिकता विधेयकलाई अघि नबढाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अनुरोध गरेका छन्।आज शीतलनिवासमा अनुरोध पत्रसहित पुगेका नागरिक समाजका अगुवाहरुले नागरिकता विधेयक देशका लागि हितकर नभएको भन्दै यसकाे प्रमाणीकरण रोक्न अनुरोध गरेका हुन्।राष्ट्रपतिलाई भेट्न पुगेका नागरिक अगुवाहरु अख्तियारका पूर्व आयुक्त सूर्यनाथ उपाध्याय, अधिवक्ता सुरेन्द्र भण्डारी, वरिष्ठ पत्रकारद्वय ध्रुवहरी अधिकारी , आदित्यमान श्रेष्ठ, बुद्धिजीवी राजेश अहिराज, द्वारिकानाथ ढुंग

नागरिकता विद्येयकको विरुद्धमा स्वतन्त्र नागरिक समाजको पुत्लादहन (फोटोफिचर)

काठमाडौं, ८ साउन । स्वतन्त्र नागरिक समाजले नागरिकता विद्येयकको विरोध गर्दै आज प्रदर्शन गरेको छ। सिर्जना वाग्ले र सन्तोष राजवादीको नेतृत्वमा लाजिम्पाटस्थित् भारतीय दूतावास आसपासको मुख्य सडकमा उनीहरुले पुत्लादहन गरेका थिए । संसद्बाट पारित भएको उक्त विद्येयक देशको हितमा नभएको भन्दै प्रदर्शनकारीहरुले आज राँको जुलुश र पुत्लादहन गरेका हुन् । सो क्रममा उनीहरुले भारतको विरोधमा […]

संसद्काे कार्यसूचीमा नागरिकता विधेयक कहिले पर्ला?

नेपालको नागरिक हो भनी राज्यले दिएको प्रमाण नेपाली नागरिकता हो। संविधानले कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भन्ने उल्लेख गरेको छ। तर, हजारौं नागरिकले नेपाली नागरिकता नपाएको अवस्था छ।...

नागरिकता विद्येयक अघि नबढ्दा लाखौं नागरिक अनागरिक

संविधानसभाबाट संविधान निर्माण भएको ६ वर्ष बितिसक्दा पनि नागरिकतासम्बन्धी विद्येयक संसद्बाट सुल्झन सकेको छैन । नागरिकता समस्या हल गर्न संसद्मा पेस भएको तीन वर्ष बितिसके पनि नागरिकता विधेयकको टुंगो अझै लाग्न सकेको छैन ।नागरिकता विद्येयक अघि नबढ्दा लाखौं नागरिक अनागरिक बन्नुपरेको छ । महिला कानुन विकास मञ्चको अध्ययनअनुसार नेपालमा नागरिकता लिन योग्य भएका तर नागरिकता नपाएकाको संख्या ७ लाख ८० हजार बढी छ । नागरिकताविहीनताको अवस्था हुँदा आउँदो वैशाख ३० को स्थानीय निर्वाचनमा मताधिकारबाट समेत वञ्चित हुनेछन

हामीलाई नागरिकता कहिले?

काठमाडौं : आमाको नामबाट नागरिकता पाउनुपर्ने माग राख्दै काठमाडौँमा प्रदर्शन गरिएको छ।'नागरिकताविहीन नागरिक संघर्ष समिति' नवलपरासीका नागरिकता नभएका व्यक्तिले आज काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन्।नेपालको संविधान २०७२ को भाग २ धारा ११ को ३ र ५ नम्बर बुँदाका आधारमा जन्मसिद्ध र एकल आमाका सन्तानले नागरिकता पाउनुपर्ने माग उनीहरूको छ।राज्यले आफूहरूलाई नागरिकता नदिएर अनागरिक बनाउन खोजेको उनीहरूको आरोप छ। नयाँ नागरिकता विधेयक संसद्‌बाट छिटो पास गर्न र आफूहरूलाई अनागरिक हुनबाट रोक्न पनि

नागरिकता मेरो अधिकार

म नेपाली नागरिक हुँ भने नेपालले मलाई नागरिकता दिनुपर्छ, अनागरिक बनाइराख्न पाइँदैन, किनकि नागरिकता मेरो अधिकार हो  वेला–वेलामा नागरिकताको कुरा उठ्छ । केही समयअघि यस विषयमा अध्यादेश ल्याइयो । नागरिकता विधेयक...