गैर नेपालीले नागरिकता नपाउनेगरी नियमावली बनाउँछौं : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक पारित भएर ऐन बनेपछि विदेशीले नागरिकता पाउन नसक्ने गरी नियमावली बनाउने बताएका छन् । बिहीबार राष्ट्रियसभामा प्रतिनिधिसभाबाट पारित भएर आएको नागरिकता विधेयकमाथि छलफलको क्रममा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री खाणले सो कुरा बताएका हुन् । उनले संविधानको धारा १३ को ४ मा रहेको व्यवस्था अनुसार नेपालभित्र फेला परेको मातृत्व र पितृत्व थाहा नभएको व्यक्तिलाई वंशजको आधारमा नागरिकता दिने प्रावधान नागरिकता विधेयकमा राखिएको उल्लेख गरे । तर त्यस्ता व्यक्तिले नाग