प्रत्येक नेपालीलाई नागरिकताको अधिकार भएपनि नागरिकता प्राप्त गर्नबाट वञ्चित भइरहनु परेको छ। नेपालको संविधान जारी भएको ६ वर्ष पूरा भएको छ। संविधानको व्यवस्था बमोजिम कानुन बनाउन नसक्दा हजारौं नेपालीले नागरिकता प्राप्त गर्न सकेका छैनन्।राज्यले कुनै पनि आफ्ना नागरिकलाई नागरिकताको अधिकारबाट वञ्चित गरेर मानव अधिकार हनन् गर्न मिल्दैन। सन् १९४८ को मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रको धारा १५ ले विश्वको कुनै पनि कुनामा कुनै पनि व्यक्तिलाई राज्यसँग कानुनी सम्बन्ध राख्ने अधिकार प्रदान गर्दछ भनेको छ।ना