वीरगञ्ज – जिल्ला प्रशासन कार्यालय पर्साले कात्तिक ५ गतेसम्म जिल्लाभित्र रहेका इजाजतप्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ। जिल्ला सुरक्षा समितिको बैठकले शुक्रबार गरेको निर्णयअनुसार हातहतियार बुझाउन अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई भयरहित, निष्पक्ष, विश्वसनीय तरिकाले शान्तिपूर्ण वातावरण मिलाउनुपर्ने भएकाले कात्तिक ५ […]