लमजुङ– जिल्ला प्रशासन कार्यालय मनाङले आफूसँग भएको हातहतियार बुझाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन आफूसँग भएको हातहतियार बुझाउन प्रशासनले आग्रह गरेको मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले बताए । जिल्लाभित्र रहेका इजाजत प्राप्त हात हतियारहरू निर्वाचनपश्चात् फिर्ता हुने गरी ५ […]