स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय प्रशासन हातहतियार संकलनमा लागेका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाले वैधानिक हातहतियार प्रहरी इकाईमा बुझाउन अनुरोध गरेको हो ।आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउनलाई धनुषा जिल्ला भित्र रहेका इजाजत प्राप्त हतियारहरू बुझाउन प्रशासनले आग्रह गरेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले शुक्रबार एक सूचना जारी गर्दै चैत मसान्तसम्म नजिकको प्रहरी इकाईमा इजाजत प्राप्त हतियारहरू बुझाउन सम्बन्धित सम्पूर्ण जिल्ला