जलवायु परिवर्तन र वातावरण प्रदूषणका कारण बहुसंख्यकको जीवनमा संकट गहिरिँदै छ । यसले समग्र जीवनपद्धति थप जोखिमपूर्ण र असुरक्षित बनाइरहेको छ । सबैभन्दा बढी खेतीपातीमा आश्रित विपन्न समुदाय संकटको भुमरीमा छन् । उनीहरूको जीवन दिनदिनै कष्टकर बन्दै गइरहेको छ । सँगै खेतीपातीमा कृत्रिम रसायन र घातक विषका कारण माटो र मानव स्वास्थ्यमा समेत ठूलो संकट छ ।