बाँदरको आतंक : खेतीपाती मात्र होइन, भान्साकोठामा पकाएको खानासमेत खोसेर खान थाले

बाँदरले खेतीपाती नास गरेर गाउँमा आतङ्क मच्चाउन थालेपछि बैतडीको दशरथचन्द नगरपालिकाको वडा नम्बर ५, ६, ८ र १० का एक हजारभन्दा बढी परिवार गाउँबाट विस्थापित भएका छन् । भारतबाट नेपाली सिमानाका झुलाघाटमा छोडिएका बाँदरले खेतीपाती मात्र होइन, भान्साकोठामा पकाएको खानासमेत खोसेर खान थालेपछि दशरथचन्द नगरपालिका–८, धौल्याली गाउँका टेकराम टमाटा, चन्द्री टमाटा र शिवराम टमाटा लगायत दर्जनौँ परिवार भारत पलायन भएका हुन् ।बाँदर आतङ्कका कारण दशरथचन्द नगरपालिका–५,को पल्लाचौडाली वडा नम्बर ८ को धौल्याली, साङ