खेतीपाती सकेर भारत जानेको लर्को

बर्दिया – खेतीपाती सकेर हरेक वर्ष झैँ यस वर्ष पनि नेपालबाट रोजगारीका लागि भारत जाने क्रम बढेको छ । गएकाे वर्ष कोरोना महामारीले गर्दा रोजगारी गर्न भारत गएकाहरू नेपाल फर्कने क्रम बढेको थियो भने भारत जाने क्रम घटेको थियो । तर यस वर्ष भने साउन तेस्रो हप्तादेखि हिजाेआज हरेक दिन नेपाल–भारत सीमा क्षेत्रमा पर्ने बाँकेको नेपालगञ्ज रुपेडिया, कैलालीको गौरीफन्टा र कञ्चनपुरको महेन्द्रनगर गड्डाचौकी बनवासा नाका हुँदै सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रबाट भारत जाने नेपालीको लर्को ...