रसुवाको खेतीयोग्य जमिनमा बँदेल र बाँदर आतङ्कका कारण किसानले खेतीपाती गर्न छाडेका छन् । अहिले बाँदर र बँदेलकै कारण खेतीपाती गर्नेको कृषकको सङ्ख्या घटिरहेको छ । कालीका गाउँपालिका वडा नम्बर ३ का कृषक खेमराज न्यौपानेले बाँदरका कारण हिउँदे, वर्षे बाली भित्र्याउन नसकेर समस्या हुने गरेको बताए ।बाँदर खेद्न प्रत्येक घरबाट एक जना हेरालु (बाँदर धपाउन बस्ने व्यक्ति)को व्यवस्था मिलाएर पहिले खेद्ने गरे पनि अहिले हे