‘वास्तुकला परिवर्तनको स्वरूप देखाउन खोजिएको छ’

विदेशी अग्ला टावर, आधुनिक प्रविधियुक्त घर र डोल्पाको संस्कृतियुक्त घर । यी सबै केही बेरमा पुल्चोक इन्जिनियरिङ क्याम्पस परिसरमा देख्न पाइन्थ्यो ।

सम्बन्धित सामग्री

आर्थिक अभियान १९औं वार्षिकोत्सव विशेष : नेपालमा ई–कमर्स बजारको स्थिति

मानिसले अनलाइन किनमेल गर्न हिचकिचाउनुको प्रमुख कारण अनलाइन प्लेटफर्मप्रति पूर्ण विश्वस्त हुन नसक्नु हो । अधिकांश मानिस मेहनतको कमाइ खर्च गर्नुअघि आफूले किन्न लागेको सामान हेर्न र छुन रुचाउँछन् । ग्राहकले अर्डर गरेको सामानको स्वरूप आफूले प्राप्त गरेको सामानसँग मेल नखाने गुनासो संसारभरिको साझा हो । कहिलेकहीँ प्रकाशको कारण वा अनलाइनमा वस्तु राम्रो देखाउन त्यसको फोटो सम्पादन गर्दा बेच्न राखिएको वस्तु अनलाइनमा वास्तविकभन्दा राम्रो देखिन सक्छ ।

आर्थिक अभियान १९औं वार्षिकोत्सव विशेष : नेपालमा ई–कमर्स बजारको स्थिति

मानिसले अनलाइन किनमेल गर्न हिचकिचाउनुको प्रमुख कारण अनलाइन प्लेटफर्मप्रति पूर्ण विश्वस्त हुन नसक्नु हो । अधिकांश मानिस मेहनतको कमाइ खर्च गर्नुअघि आफूले किन्न लागेको सामान हेर्न र छुन रुचाउँछन् । ग्राहकले अर्डर गरेको सामानको स्वरूप आफूले प्राप्त गरेको सामानसँग मेल नखाने गुनासो संसारभरिको साझा हो । कहिलेकहीँ प्रकाशको कारण वा अनलाइनमा वस्तु राम्रो देखाउन त्यसको फोटो सम्पादन गर्दा बेच्न राखिएको वस्तु अनलाइनमा वास्तविकभन्दा राम्रो देखिन सक्छ ।

राजेश हमाल अभिनित ‘बिरानो सहरमा’ सार्वजनिक

पछिल्लो समय अभिनेता राजेश हमाल म्युजिक भिडियोमा बाक्लै देखिन थालेका छन् । फिल्मका अफर कम हुन थालेपछि उनले म्युजिक भिडियोमा आफ्नो सक्रियता बढाएका हुन् । यस्तैमा हमाल अभिनित गीत ‘बिरानो सहरमा’ सार्वजनिक भएको छ । गजलकार शान्ती शर्माको शब्द तथा स्वरूप राज आचार्यको स्वर रहेको गीतमा दीपक जङ्गमको संगति छ ।प्रेम, मिलन र बिछोडको आयाम देखाउन खोजेको भिडियो निशान घिमिरेले निर्देशन गरेका हुन् । भिडियोमा हमालको अलवा शान्ति शर्मा, सुशीला थापा, रोहित बस्नेत र नारायण अधिकारीको अभिनय छ ।मुकेश हुम

सुशासनका चुनौती

नेपालको सन्दर्भमा सुशासनको स्थिति हेर्ने हो भने सिद्धान्ततः बहुदलवादमा आधारित प्रजातान्त्रिक शासन व्यवस्था स्थापित भएको छ । राजनीतिक र प्रशासनिक उत्तरदायित्वका लागि कानुनी संरचनागत स्वरूप निर्माण भएको छ । सरकारी निर्णय र खरिद–बिक्री प्रक्रियामा पारदर्शीता हुनुपर्छ भन्ने कुरामा जिम्मेवार सबै पक्ष सहमत भएको पाइन्छ । सार्वजनिक क्रियाकलापमा इमानदारीता देखाउन तथा भ्रष्टाचार निवारण गर्ने विषयमा पनि […] The post सुशासनका चुनौती appeared first on राजधानी राष्ट्रिय दैनिक.

दराजको नयाँ ब्रान्ड लोगो सार्वजनिक

काठमाडौं (अस) । ई–कमर्स प्लेटफर्म दराजले नयाँ ब्रान्ड लोगो अनावरण गरेको छ । दराज समूहका संस्थापक र सीईओ बियार्के मिक्केलसनले नयाँ ब्रान्ड सुरुआतले व्यवसाय वृद्धिका लागि थप पहल सुरु भएको बताए । ‘विगत सात वर्षमा दराजले धेरै विकास गरेको छ । हाम्रो यात्राको अर्को अध्यायमा अघि बढ्दै जाँदा ग्राहकको अनुभवलाई उल्लेखनीय रूपमा वृद्धि गर्न व्यवसायको रूपमा गियर परिवर्तन गर्दै छौं भनेर देखाउन ब्रान्डको विकास गर्ने यो सही समय हो,’ उनले भने । नयाँ ब्रान्डको लोगो प्रगति, नवीनता, अन्वेषण र आविष्कारको अंश रहेको उनले बताए । यसले दराज प्लेटफर्ममा खरिदकर्ता र बिक्रेता दुवैलाई थप नजिक ल्याउन सहयोग पुर्‍याउने उनको भनाइ छ । दक्षिण एसियाका पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा ई–कमर्सलाई मानिसको दैनिक जीवनको मुख्य भाग बनाउने दराजको महत्वाकांक्षा नयाँ ब्रान्डले सफल हुने उनको विश्वास छ । नयाँ लोगोले एउटा प्याकेजलाई प्रतिनिधित्व गर्दछ, जुन ई–कमर्स प्लेटफर्मले एसएमई बिक्रेतालाई ग्राहकसँग भौतिक रूपमा कसरी जोड्न सकिन्छ भन्ने प्रतीकात्मक स्वरूप रहेको कम्पनीले बताएको छ । रिब्रान्डिङका साथै दराज नेपालले आँचल कुँवरलाई नयाँ प्रबन्ध निर्देशक (एमडी) नियुक्त गरेको छ । वर्तमान एमडी लिनो अहलेरिङ यो महिना अन्त्यमा सिंगापुरको दराज मुख्यालयमा क्षेत्रीय भूमिकामा सर्नेबित्तिकै आँचलले पदभार सम्हाल्नेछिन् ।

महामारीविरुद्ध प्रतिबद्धता (सम्पादकीय)

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को पछिल्लो आँकडाअनुसार कोरोना (कोभिड–१९) सङ्क्रमणका कारण विश्वभर ५५ लाख मानिसले ज्यान गुमाइसकेका छन् । यो महामारीबाट ज्यान जोगाउन नौ अर्बभन्दा बढी कोभिडविरुद्धको खोप लगाइसकिएको छ । दुई वर्षअघि चीनमा पहिलो पटक देखिएको कोभिड सङ्क्रमणको सन्त्रासबाट तत्कालै मुक्ति पाउने सम्भावना देखिएको छैन । स्वरूप फेरिरहने कोभिड सङ्क्रमणको विस्तार बढ्दै जाँदा हाल ओमिक्रोन नामक कोभिडको नयाँ भेरियन्टका कारण संसारभर नै चिन्ता बढ्दै जानु स्वाभाविकै हो । पछिल्ला खबरबाट ओमिक्रोनको सङ्क्रमण विस्तार निकै आक्रामक गतिमा भइरहेको छ । विशेषगरी दक्षिण एसियाली क्षेत्रमा सङ्क्रमण बढ्दै जानु हामी सबैका लागि निकै चिन्ताजनक विषय भएको छ । नेपालमा नै पनि यसबाट दैनिक रूपमा सङ्क्रमित हुनेको सङ्ख्या तुलनात्मक रूपमा वृद्धि हुँदै गइरहेको तथ्याङ्कले देखाउन थालेको छ । छिमेकी भारतमा २४ घण्टामा नै एक लाखभन्दा

कारबाही गर्दा डरले थरथर काम्छन् कि भन्ने भ्रम केपी ओलीमा छ : नेता नेपाल

काठमाण्डाै – नेकपा एमालेबाट निलम्बित नेता माधवकुमार नेपालले केपी ओलीले आफूहरूलाई ६ महिनाका लागि निलम्बन गरेर आफ्नो वास्तविक स्वरूप देखाएको बताउनुभएकाे छ । मङ्गलवार आफू निकट वाग्मती प्रदेश कमिटीको बैठकमा बोल्दै नेता नेपालले यस्ताे बताउनुभयाे ।  उहाँले आफूहरूमाथि कारबाही गर्दा घुँडा टेक्न आउँछन् कि भन्ने भ्रम केपी ओलीमा रहेको पनि बताउनुभयो । अहिले प्रतिनिधि सभा बिउँतिएपछि पनि ओलीले चुनाव गराउँछु भन्दै हिँडिरहेको नेता नेपालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘केपी ओलीले आफ्नो वास्तविक स्वरूप देखाउन...

वर्षेनी बाढीको मारमा पर्ने भक्तपुरको एउटा अस्पताल

२ साउन, काठमाडौं । भक्तपुर नगरपालिका-७, भिसेनस्थानको सिद्धि स्मृति महिला तथा बाल अस्पताल हरसाल बर्खा लागेसँगै बाढीको चपेटामा पर्छ । अन्धाधुन्ध सहरीकरणले अवरुद्ध हनुमन्ते खोलाले आफ्नो बर्खे स्वरूप देखाउन थालेपछि अस्पतालमा हाहाकार मच्चिहाल्छ । गैर-नाफामुखी संस्था …

अर्थ सामाजिक व्यवस्थाको बदलिँदो चित्रण

समाजमा सबैले देखिरहेका कुरा देख्न किताब पढ्नु पर्दैन । अरूले देख्न नसकेका कुरा देख्न र देखाउन वा धेरैले देखेकै कुरामा पनि सिर्जनात्मक मत सञ्चार गर्न साहित्य रचना गर्नु र अध्ययन गर्नु जरुरी छ । परम्परागत समाजबाट आधुनिकतातिर गइरहँदा भत्किँदै गरेको जात व्यवस्थालगायत अर्थ सामाजिक प्रणालीका बहुविध आयाम देखाइएको ‘रूपिका’ उपन्यासमा प्रेमप्रति विश्वास व्यक्त गरिएको छ । यसमा मनोभाव र सामाजिक संरचनाको अन्तव्रिर्mया स्वरूप विकास भइरहेका नयाँ मान्यता तथा तोडिँदै गएका पुराना मूल्य बिचको फरकलाई घटना र पात्रको आलम्बनमा प्रस्तुत गरिएको छ ।